सिद्धार्थ बैंक लिमिटेड बुद्धचोक शाखाले पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई ७५ हजारका शैक्षिक सामग्री सहयोग गरेको छ । ३० जना विद्यार्थीका लागि २ हजार ५ सयका दरले शैक्षिक सामग्रीका लागि बैंकले सहयोग गरेको बुद्धचोक शाखाका शाखा प्रमुख कमल भण्डारीले बताए । अरु ठाउँमा सहयोग गरेमा एकछिनलाई हुने तर विद्यालयमा गरे त्यसको फाइदा दीगो रुपमा गर्ने हुनाले बैंकले शिक्षामा क्षेत्रमा सहयोग गरेको उनको भनाइ छ ।
पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलले वडाको एकमात्र सार्वजनिक विद्यालय सिद्ध माविको शैक्षिक गुणस्तर वृद्धि गर्न र नमुना विद्यालय बनाउन विद्यालय व्यवस्थापन, प्रशासनमात्र नभएर वडा कार्यालय पनि लागिपरेको बताए । विद्यालयलाई आर्थिक र भौतिक रुपमा सबल गराउन अक्षकोष स्थापना गर्नुका साथै विभिन्न संघ, संस्थाबाट नगद र भौतिक सहयोग भइरहेको प्रधानाध्यापक गुरुदत्त कोइरालाले जानकारुी दिए ।
कार्यक्रममा शैक्षिक प्रमुख जुना थापाले पनि बोलेकी थिइन् ।




