गण्डकी प्रदेश चेम्बर अफ कमर्स कार्यसमिति पूर्ण

गण्डकी प्रदेश चेम्बर अफ कमर्सको कार्यसमितिले पूर्णता पाएको छ । मंगलबार अध्यक्ष यदु अधिकारीले कमर्सको प्रथम उपाध्यक्षमा पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारलाई मनोनयन गरे ।

कमर्सको द्वितीय उपाध्यक्षमा चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइ चन्द्र श्रेष्ठ र महासचिवमा राजु श्रेष्ठ मनोनित भएका छन् । सदस्यमा स्याङ्जा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ, कास्की चेम्बर अफ कमर्सका उपाध्यक्ष यमनाथ पौडेल र तेजेन्द्र पौडेल छन् ।

अध्यक्ष अधिकारीले गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला र नगरमा चेम्बर गठन गरी व्यवसायिक हकहितका लागि स्थानीय सरकार, संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढ्ने बताए । उपाध्यक्ष किसान सुनारले गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका व्यवसायीलाई कर शिक्षासँगै व्यवसायिक शिक्षा प्रदान गरी समृद्ध प्रदेश बनाउन योगदान गर्ने योजना सुनाए ।

महासचिव राजु श्रेष्ठले प्रदेश र केही जिल्लामा भर्खर चेम्बर अफ कमर्स गठन भएको र प्रदेशका सम्पूर्ण जिल्लामा समेत छिट्टै चेम्बर गठन हुने बताए ।