पोखरामा महिन्द्रा गाडीको मनसुन सर्भिस क्याम्प आयोजना गरिने भएको छ । महिन्द्राको पोखराको आधिकारिक सर्भिस सेन्टर युडीआर अटो इन्जिनियरिङको आयोजनामा नयाँबजारस्थित सर्भिस सेन्टरमा बुधबारदेखि शुक्रबारसम्म क्याम्प आयोजना गर्न लागि लागिएको युडिआरका डाइरेक्टर विनोज पोटेले जानकारी दिए ।
क्याम्पमा ३० पोइन्ट चेकअप, स्पेयर पार्टस्स, लुब्रिकेन्ट्स, लेवर तथा हेल्थ चेकअपमा १० प्रतिशत छुट दिइने पोटेले बताए । महिन्द्राले देशभरका आधिकारिक सर्भिस सेन्टरमा एकैपटक क्याम्प आयोजना गरिएको जनाएको छ ।





