धुलिखेल २ मा प्रधानमन्त्री रोजगारको रौनक

प्रधानमन्त्री रोजगार कार्यक्रम’ फितलो भयो भनेर आलोचना भईरहेका बेला धुलिखेल नगरपालिकाको वडा नंबर २ ले भने यो कार्यक्रम मार्फत उदाहरणीय काम गरेको छ । धुलिखेल नगरपालिकाको वडा नम्बर २ रविमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत मन्दिर,सडक मर्मत संभार हुदैछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धुलिखेल वडा नंबर २ ले चार लाख ९५ हजार रुपैयाँ बजेट पाएको छ।धुलिखेल नगरपालिकाको वडाहरु मध्ये वडा नम्बर दुई रबिले नमुना काम गरिरहेको क.ब वडा अध्यक्ष अर्जुन न्यौपाने ले बताउनु भयो। वडाध्यक्ष अर्जुन न्यौपानेको अनुसार मन्दिरको सतल निर्माण पस्चात सडक बनाउने लक्ष्यका साथ काम भईरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम बारे केहिले आलोचना गरिरहदा कसरी यसको सहि सदुपयोग गर्न सकिन्छ भन्ने उदाहरण मात्रै हो।

सहि भिजन र त्यस्को उचित कार्यान्वयन हुन सके सरकारले ल्याएका नीति तथा कार्यक्रम गलत छैनन, सबै स्थानीय तहहरुमा यस्को सहि सदुपयोग होस सम्पुर्ण स्थानिय जनप्रतिनिधिलाई उनले अनुरोध गरे । अहिले वडामा २० जना स्थानीयले ३० दिको लागि रोजगारी पाएका छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।