नाट्टा गण्डकीको टोली प्रमोशनल टुरमा हैदराबाद प्रस्थान

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस नाट्टाको टोली प्रमोशनल टुर तथा सेल्स मिसन २०१९ को लागि आज असार १९ गते हैदराबाद प्रस्थान गरेको छ ।

विगत लामो समय देखि पर्यटन प्रबर्द्धनमा टेवा परयाईरहेको नाट्टाले पोखरा र नेपालको पर्यटन प्रवर्द्धन लाई मूर्त रुप दिन सन २००८ देखि नाट्टा प्रमोशनल टुर गर्दै आयको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा ५ जुलाई देखि १० जुलाई सम्म भारतको हैदराबाद र बेङलोर शहर जाने टोलीलाई आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ ले खादा लागएर बिधाइ गरे।यस टुरमा नाट्टाका सदस्य, पर्यटकिय संघ सस्थाका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधी सहित १६ जना को सहभागिता रहेको छ ।

भरातमा टोलिले हैदराबाद र बेङलोरमा अन्तक्रिया कार्यक्रम आयोजना गर्नुका साथै नेपाल र बिषेश गरि पोखरा र वरिपरिका पर्यटकिय क्षेत्रहरु समेटी तयार पारिएका प्रबर्द्धधनात्मक समाग्रीहर वितरण गर्नेछ । भारतका विभिन्न शहरहरुमा बढेको गमि छल्न नेपाल उत्कृष्ट गन्तव्य हो भन्ने सन्देस प्रवाह गर्न यस पटकको प्रमोशनल टर दक्षिण भारतका शहरहरुमा आयोजना गर्न लागीएको नाट्टा अध्यक्ष सन्तोष पोख्रेलले जनाय । कार्यक्रमको संयोजन नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष संजकान्त सिग्दल गरेका छन ।

यस नाट्टा प्रमोशनल टुर एवं सेल्स मिसनेको प्रमुख उद्देश्य विश्वका घुम्नै पर्ने प्रमुख १० देशहरु मध्येको नेपाल पनि एक हो भन्ने जानकारी गराउने, मुक्ती क्षेत्र, हिन्दहरुको पवित्र तिर्थस्थल कागबेनी , दामोदर कुन्ड, जलेश्वर धाम मनकामना मन्दिर जस्ता यस प्रदेशका धार्मिक पर्यटकिय क्षेत्रहरुलाई बजारिकरण गर्ने रहेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र ८००० मिटर भन्दा माथिका ६ हिमश्रखला नेपालमा पर्छन भन्ने जानकारी गराउने र नेपालमा रहेका प्राकृतिक र धार्मिक सम्पदाहरुको प्रचारप्रसार गरी पर्यटकहरुलाई नेपाल घुम्न प्रेरित गर्ने नाट्टाको विश्वाश छ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।