ताजा समाचार

असार १५ गते २०७६

प्रदेश सरकारले भेडा मरेका कृषकलाई भेडा नै दियो

गण्डकी प्रदेश सरकारले भेडा मरेका कृषकलाई क्षतिपूर्तिका रुपमा भेडा नै उपलब्ध गराइएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले २८ भेडा वितरण गरेको हो ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरिएको प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बताए ।

उहाँले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने विश्वास ब्यक्त गरे । व्यवसायमा जोखिम भए पनि विचलित नभई आफ्नो पेशामा लाग्न उहाँले कृषकलाई उन आग्रह गरेका छन् ।

दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का २५ किसानले संयुक्तरूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गर्दै आएकामा गत वैशाख २८ गते शनिबार परेको चट्याङले २८ भेडा मरेका थिए ।

भेडा मरेपछि कृषकलाई रु पाँच लाख ६० हजार बराबरको क्षति भएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए । उक्त भेडीगोठमा ६४० बढी भेडा छन् ।


Loading...