विहिबारको सेयर बजार: नेप्से घटेपनि कारोबार रकम भने बढ्यो

साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्से एक दशमलव १४ अंकले घटेर १२ सय ५७ दशमलव १५ विन्दुुमा झर्दा सेन्सिटिभ भने शुन्य दशमलव ३५ अंकले बढेर दुुई सय ७१ दशमलव १६ विन्दुमा चढेको छ । 

नेप्सेमा आज एक सय ७२ कम्पनीहरुको सात हजार छ सय ५९ वटा कारोबारमा १८ लाख ५४ हजार छ सय ७६ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमााणमा सेयर खरिद विक्री हुंदा कारोबार रकम ६२ करोड ७९ लाख आठ हजार आठ सय १२ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा सात वटा समूहले गुमाए पनि चार वटा समूहले भने कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समूहको सूचक शून्य दशमलव ७२ अंकले बढेर ११ सय ३२ दशमलव २१ विन्दुुमा चढ्दा फाइनान्स समूहको सूचक पनि तीन दशमलव ४३ अंकले बढेर छ सय २० दशमलव ७९ विन्दुुमा चढेको छ  ।

यसैगरी होटल र अन्य समूहको सूचकपनि बढेका छन् । विकास बैंक समूहको सूचक भने दुुई दशमलव ६७ अंकले घटेर १५ सय ९१ दशमलव ७८ विन्दुुमा झरेकोमा जलविद्युुत् समूहको सूचक पनि दुुई दशमलव सात अंकले घटेर ११ सय ९१ दशमलव २६ विन्दुुमा झरेको छ । यसैगरी निर्जीवन बीमा, जीवन बीमा, उत्पादनमूलक, लघुुवित्त र सामूहिक लगानीकोष समूहको सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ १५ पैसाले बढेर एक सय १९ रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ७५ पैैसाले घटेर तीन सय ८१ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता १७ सय २३ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ९७ लाख ७१ हजार पाँच सय रुपैयाँको कारोबार भएको छ ।