ताजा समाचार

असार १३ गते २०७६

कास्कीको माछापुच्छ«े गाउँपालिकाको बजेट ५६ करोड (पढ्नुस् पूर्ण पाठ)

आदरणिय सभाध्यक्षज्यू, सभासदस्यज्यूहरु तथा पत्रकार मित्रहरु,
१) नेपाल सरकारको संघिय संरचना अनुरुप स्थापना भएका ७५३ स्थानिय तहहरु मध्ये यस माछापुच्छ«े गाँउपालिकाको ५ औ गाँउसभामा आ.व. २०७६।०७७को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरेको छु । यस अवसरमा लोकतन्त्र प्राप्तीको विभिन्न ऐतिहासिक आन्दोलनमा आफ्नो जीवनको आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति भावपूर्णश्रद्धाञ्जली अर्पण गर्न चाहान्छु ।
२) प्राकृतिक,साँस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त यस गाँउपालिका लाई समृद्ध बनाउन “पर्यटन,कृषि,उर्जा र पुर्वाधारः समृद्ध माछापुच्छे«को मुल आधार”भन्ने मुल नारालाई साकार पार्नु हामी सबैको कर्तव्य हो । हाम्रा सम्पुर्ण स्रोतसाधन यसैमापरिलक्षित रहेकाछन् ।

श्रद्घेय अध्यक्ष एवं सदस्य ज्यूहरु,

३. यस गाउँपालिका भौगलिक, प्रााकृतिक,पर्यटकिय र सांस्कृतिक दृष्टिले अत्यन्त सुन्दर र विकासको सम्भावना भएको गाउँपालिका हो ।विकासकादृष्टिले पछाडी परेको यस गाउँ पालिकामा उत्पादनशिल क्षेत्रमा लगानी बृद्घि गरि रोजगारी सृजना द्घारा आर्थिक स्तर उकास्न कृषिमा यान्त्रिकीकरण र व्यवसायीकीकरण, पर्यटन क्षेत्रको विकास र विस्तार गरि नागरिकहरुको रोजगारीको अवसरलाइृ सुनिश्चित गर्दै सामाजिक र आर्थिक विकासलाई तिब्रता दिनु परेको छ । श्रोतको समुचित प्रयोग, भौतिक पुर्वाधारमा लगानी बृद्घि, संस्थागत विकास तथा सुशासनका माध्यमद्घाराआन्तरिक अर्थतन्त्रलाई सुदृढ बनाई गाउँपालिकाको चौतर्फि विकासगर्नु आजको आवश्यकता हो ।
४. संबिधानले अंगिकार गरेको स्वतन्त्र स्थानीय तहलाई सुदृढ गर्दै संघिय नेपालको सुनिश्चीतताको लागि हाम्रा क्रियाकलाप अगाडी बढ्नु पर्ने आवश्यकता लाई आत्मसात् गर्दै बजेट मार्फत गाउँपालिकाको उज्वल भविष्यको रेखा कोर्ने प्रयास गरेको छु ।

श्रद्घेय सभाध्यक्ष एवं सदस्य ज्यूहरु
सीमित स्रोत साधनले असीमीत माग र आवश्यकता एकैपटक सम्बोधन गर्न नसकीने यथार्थता एकातर्फ छ भने स्रोतको न्युनताको कारण हामीले चाहे जस्तो विकासका कार्यहरुमा लगानी बृद्धि गर्न सकिएको छैन । गाँउपालिकाले नेपाल सरकारबाट प्राप्त हुनेशर्शत तथा निशर्त अनुदान, राजश्व बांडफांड, आन्तरीक आम्दानी प्रदेश सरकारबाट प्राप्त हुने बित्तिय समानकिरण र राजश्व बाँडफाँड समेतको अनुमान गरी सकेसम्म गाउँपालिकाको समग्र विकासलाई सन्तुलित बनाउनेगरि बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु ।

श्रद्घेय अध्यक्ष एवं सदस्य ज्यूहरु
अव म चालु आ. व. २०७५।७६ मा भएको आयव्ययको संसोधित अनुमान तथा त्यस बाट प्राप्त हुने उपलब्धीलाई संक्षेपमा उल्लेख गर्न चाहन्छु ।

चालु आ.व. २०७५।७६ को संसोधित आय अनुमान
चालु आ.व २०७५÷०७६ मा आय अनुमान ४५ करोड ७८ लाख ४ सय ३५ रहेकोमा संशोधित आय अनुमान ४४ करोड ८२ लाख ४३ हजार रहेको छ ।जसमा आन्तरिक आयतर्फ १ करोड ७१ लाख ८० हजार , वित्तिय समानकिरण तर्फ ८ करोड ५ लाख, शशर्त अनुदान तर्फ १७ करोड ७४ लाख ७ हजार ५, सामाजिक सुरक्षा तर्फ ६ करोड ४८ लाख ९४ हजार ६ सय संसोधित अनुमान रहेकोे छ । प्रदेश सरकार समानिकरण अनुदान तर्फ ५५ लाख ५२ हजार, संघिय सरकार राजस्व बाडफाड तर्फ ६ करोड २३ लाख ६९ हजार २ सय ११ रहेको छ यसै गरी अघिल्लो वर्षको जिम्मेवारी ३ करोड ५५ लाख ५५ हजार मात्र रहेको छ ।

चालु आ.व २०७५।७६ को संशोधित व्यय अनुमान
चालु आ.व. कोलागि व्यय अनुमान ४५ करोड ७८ लाख ४ सय ३५ रहेकोमा संसोधित व्यय अनुमान ४४ करोड ८२ लाख ४३ हजार रहेको थियो । जसमाचालु खर्च तर्फ २८ करोड ३७ लाख ५५ हजार ४ सय ३५ रहेकोमा संसोधित चालूखर्च २७ करोड ५५ लाख ४९ हजारअनुमान रहेको छ भने पुंजीगत खर्च तर्फ १६ करोड ७० लाख २५ हजार अनुमान रहेकोमा १२ करोड २७ लाख ६३ हजार ५ सय ३५ रहेकोमा संसोधित खर्च अनुमान जम्मा संशोधित व्यय ३९ करोड ८३ लाख १२ हजार ५ सय ३५ अनुमान गरेको छु ।

५. चालु आ.व. २०७५ ।७६ मा प्राप्त उपलब्धिहरुः
चालु आ.व.मा पुंजीगत खर्र्च ७३.५प्रतिशतहुने संसोधित अनुमान गरेको छु । गाउंपालिका स्थापना भएको दोस्रो वर्ष भएको र कार्यालयको संरचनागत अवस्था , जनशक्तिको अभावका बिच भएको खर्च सन्तोष जनक रहेको छ ।
श्रद्घेय अध्यक्ष एवम सदस्य ज्यूहरु,
अव म गाउंपालिकाको समष्टिगत विकासका लागि आगामी आर्थिक वर्ष २०७६।७७ को बजेटको दिर्घकालिन सोच, प्राथमिकताका क्षेत्रहरु, योजना तर्जुमा गर्दा लिइएका आधारहरु तथा समग्र नीतिहरुको संक्षिप्त सार प्रस्तुत गर्न चाहान्छु ।
१.दिर्घकालीन सोच
ड्ड सुशासनको माध्यमद्घारा विकासका समग्र आधारभुत पुर्वाधार खडा गरि रोजगारी सृजना तथा गरिबी न्युनिकरण गर्दै समृद्घ र समुन्नत गाउंपालिका निर्माण गर्ने ।
२.रणनीतिक उदेश्य
गाउंपालिकामा रहेको बिद्यमान बेरोजगारी र बहु आयामिक असमानता घटाई आर्थिक र सामाजिक रुपान्तरण गर्दै “समृद्ध नेपाल सुखी नेपाली ” राष्ट्रिय लक्ष्यलाई सफलिभुत बनाउन रहयोग गर्ने ।
३..आगामी आ.व. २०७६।७७ को लागि विकासका प्राथमिकताका क्षेत्रहरुदेहाय बमोजिम रहेका छन् ।
– भौतिक पुर्वाधारहरु तथा सडकहरुको स्तरोन्नती तथा मर्मत सुधार गरि सडककोगुणस्तरियता बृद्धि गर्ने ।
– मानविय विकास ( शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ,पोषण, ) मा जोड दिने ।
– सामुदायकि विधालयको शिक्षामा गुणस्तरीयता बृद्धि गर्ने ।
– कृषि, वन, पशु विकासको विकास गरि रोजगारी सृजना गर्ने ।
– पर्यटनको विकास तथा वातावरण संरक्षणमा जोड दिने ।
– दिर्घकालिन विकासको लागि प्राथमिकता क्षेत्र निर्धारण गरि आवधिक योजना तथा गुरु योजना निर्माण गर्दै कार्यान्वयनमा जोड दिने ।
– लंैगिक तथा समाबेसी तथा सामाजिक न्यायको सृजना गर्ने ।
– गाउंपालिकाको विकासको गतिलाई तिब्रता प्रदान गर्न वित्तीय संस्था संग सहकार्य गर्ने ।

४.योजना तर्जुमाका आधारहरु
उल्लेखित उदेश्य परिपुर्ती गर्न योजना तर्जुमा गर्दा निम्न आधारहरु लिइएको छ ।
– नेपालको संविधान
– संघीय सरकारको आवधिक योजना,लक्ष्य, उदेश्य एवम प्राथमिकता र रणनीतिहरु
– प्रदेश सरकारको प्राथमिकताका क्षेत्रहरु
– दिगो विकासको अवधारणा
–माछापुच्छ«े गाउँपालिकाको प्रथम पञ्चवर्षिय आवधिक योजना
– वडा समितिको प्राथमिकताका कार्यक्रमहरु
– विषयगत समितिको सिफारिस
– विज्ञ समुहको परामर्श तथा सुझाब
– कार्यपालिकाले आवश्यक ठानेका र जनसहभागिता जुट्ने आयोजनाहरु
– विपन्न परिवारको आयआर्जनको योजनाहरु
– क्रमागत विकास योजनाहरु

५.बजेट नीति तथा कार्यक्रम कार्यान्वयनबाट प्राप्त हुने अपेक्षा

१ं समष्टीगत पुर्वाधार , सिंचाई र पर्यटन क्षेत्रको आवधिक योजना तयार हुनेछ ।
२. एक घर एक धारा कार्यक्रम मार्फत सबै नागरिक लागि शुद्ध पिउने पानी उपभोग गर्न पाउने छन् ।
३. पर्यटन विकासको लागी योजना निर्माण हुनेछ ।
४. आन्तरिक रोजगारीको वृद्धि हुनेछ ।
५. किशोरी प्रजनन स्वास्थ्य शिक्षाबाट चेतना अभिबृद्धि गराई बाल विवाह,लंैगिक हिंसा न्यूनिकरणमा टेवा पुग्नेछ ।
६. सुशासनको प्रत्याभूति हुनेछ ।
७..महिला शसक्तिकरण र आत्मानिर्भरताबढ्नेछ ।
८.सवै वालवालिकाहरु आधारभूत शिक्षा बाट बञ्चित हुनुपर्ने छैन ।
९. खेलकुद र तालिम मार्फत यूवाहरुलाई अनुशासित र स्वरोजगार हुन मद्दत पुग्नेछ ।
१०. आन्तरिक आय बृद्धि भई अर्थ व्यवस्था सबल हुनेछ ।

श्रद्घेय अध्यक्ष एवं सदस्य ज्यूहरु,
अब म आगामी आ.व. २०७६।७७ को लागिे प्रस्तावित आय व्ययको अनुमान प्रस्तुत गर्ने अनुमती चाहान्छु ।

१..आगामी आ.व. २०७६।७७ को प्रस्तावित आय व्यय अनुमान
क ) आय अनुमान ः
आगामी आ.व २०७६÷०७७ का लागि कुल ५६ करोड ६१ लाख ४६ हजार४ सय६५ रुपियाको आय अनुमान गरेको छु ।जस मध्ये आन्तरीक आय स्रोतबाट २ करोड ११ लाख अनुमान गरेको छु । जुन रकम कुल बजेटको ३.७३ प्रतिशत रहेको छ। संघीय सरकारको वित्तिय समानीकरण तर्फ ९ करोड ३१ लाख, संघीय सरकारको राजस्व बांडफांडबाट ८ करोड ७७ लाख, संघीय सरकारको शशर्त अनुदान १९ करोड ४ लाख, सामाजिक सुरक्षा तर्फ १० करोड ९० लाख रहेको छ । त्यस्तै प्रदेश सरकारको वित्तिय समानीकरण १ करोड १९ लाख ४३ हजार, प्रदेश सरकारको राजस्व बांडफांडबाट २९ लाख ७३ हजार रहेको छ । आ.व.०७५।०७६ को मौज्दात रु.४ करोड ९९ लाख ३० हजार ४ सय ६५ रहेको छ ।
ख) व्यय अनुमान ः
आगामीआ.व २०७६÷०७७ का लागि कुल रु ५६करोड ६१ लाख ४६ हजार४ सय६५ को व्यय अनुमान गरेको छु । जसमध्ये प्रशासनिक खर्च, कार्यालय संचालन समेत चालु खर्च तर्फ ८ करोड २२ लाख ९१ हजार ७६ रुपैया रहेको छ । शसर्त बजेट ( शिक्षा, स्वास्थ्य, कृषि, पशु तर्फका शिक्षक, कर्मचारीको पारिश्रमिक र स्वास्थ्य तर्फका क्रियाकलापहरु ) खर्च तर्फ रु. १९ करोड ४ लाख र सामाजिक सुरक्षा तर्फ १० करोड ९० लाख गरि जम्मा ३८ करोड १६ लाख ९१ हजार ४ सय ६५ विनियोजन गरेको छु । जुन रकम कुल बजेटको ६७.४२प्रतिशत रहेको छ । गाउंपालिकाको विकास निर्माण तथा पुंजी निर्माण गर्ने पुंजीगत खर्च तर्फ रु. १८ करोड ४४ लाख ५५ हजार विनियोजन गरेको छु । जुन रकम कुल बजेटको ३२.५८ प्रतिशत रहेकोछ ।

श्रद्धेय अध्यक्ष एवम सदस्य ज्युहरु,

अव म यस गाउंपालिकाकोआयोजना तथा कार्यक्रम अनुसार अनुमानित क्षेत्रगत र विषयगत बजेटको विवरण प्रस्तुत गर्न चाहान्छु ।
१) कृषि तथा पशु ःयस गाउंपालिका कृषि तथा पशु क्षेत्रको अग्रणी गाउंपालिकाको रुपमा रहेकोछ । पशुपालन, दुग्ध व्यवसाय , कुखुरापालन,मत्स्यपालन लगायतका कृषि व्यवसाय व्यवसायीक रुपमा अघि बढाउन कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण, र यान्त्रिकीकरण गर्न रु ६२ लाख ५० हजारविनियोजन गरेको छु ।
२) पर्यटनःयस गाउंपालिकाको आर्थिक विकासको सबैभन्दा बढी सम्भावना भएको क्षेत्र पर्यटन हो । आन्तरिक र बाह्य पर्यटन विकासको माध्यम द्धारा रोजगारी सृजना गर्दै समष्टिगत रुपमा गाउंपालिकाको आय वृद्धि गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको छु । यस गाउँपालिकाको उच्च पहाडी तथा हिमालि क्षेत्रलाई पर्यटन विकास र व्यवस्थापन गरी पर्वतारोहण तालिम केन्द्र स्थापना तथा अन्य साहासिक पर्यटकिय खेल क्षेत्रको विकासको सम्भाव्यता अध्ययनका लागी आवश्यक प्रक्रिया अगाडी बढाईने छ ।समग्र पर्यटनको विकास गर्न गुरु योजना लगायतका विविध कायृक्रम संचालन गर्न रु ३० लाखविनियोजन गरेको छु ।
३) बित्त सहकारीःवित्तिय संस्थाहरु गाउंपालिकाको समष्टिगत आर्थिक विकासका महत्वपुर्ण औजारको रुपमा रहेका छन् ।सरकारी, नीजि र सहकारीको सहकार्यबाट मात्र आर्थिक समृद्धिहासिल गर्न सकिने तथ्यलाई आत्मसात गरि गाउंपालिकाको समष्टिगत विकासको लागि वित्तिय संस्था तथा सहकारी संग सहकार्य गरिने छ । यसको लागि सहकारीको विकास र प्रवर्धनमा जोड दिइने छु ।

४) बन तथा वातावरणः बन वाताबरण संरक्षण लाईदिगो विकासको लक्ष्य संग आवद्ध गरिने छ ।विकास निर्माणका कार्य गर्दा वातावरण संरक्षणलाई ध्यान दिइने छ । बनमा आधारित व्यवसाय विकासको लागि पहल गरिने छ । गाउंपालिका स्तरमा एक कृषि बन नर्सरी स्थापना गरीने छ । सो नर्सरी स्थापना सगैँ एक घर दश कफि को अभियान सञ्चालन गर्न रु १० लाख विनियोजन गरेको छु ।

५) शिक्षाःसामसदायीक विधालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न निरन्तर अनुगमन गरिने छ । बिधार्थीको शिक्षक दरबन्दि मिलाउने कार्य अगाडी बढाइने छ । शिक्षाको गुणस्तरियता मापन गर्न अभिभावकको सन्तुष्टिलाई समेत सुचकको रुपमा लिने व्यवस्था मिलाइने छ । उत्कृष्ट विधालयलाई शिक्षक अनुदान उपलब्ध गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
६) स्वास्थ्यःस्वास्थ्य मानवको सबै भन्दा संबेदनशिल क्षेत्र हो । यसको लागि बाल पोषण ,मातृ पोषण , खोप कार्यक्रमलाई निरन्तरता दिएको छु ।स्वास्थ्य संस्थाको व्यवस्थापन र प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी संचालनको व्यवस्था मिलाउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
७) खानेपानी तथा सरसफाईः गाउंपालिकाका सबै नागरिकहरुलाई कुवाको पानी खाने अवस्थाबाट मुक्त गरिने छ । गाउँपालिकामा एकघर एक धारा कार्यक्रम सम्पन्न गर्न रु. ६० लाख विनियोजन गरेकोछु ।

८) सडकः गाउंपालिकाको सडक संजाललाई विकास र स्तरोन्नती गर्ने कार्यलाइ प्राथमिकता दिएको छु । गाउंपालिकालाई वडा कार्यालय सम्म,वडाबाट गाउँगाउँ जोड्न र समग्र गाउंपालिकाका सडकहरुको गुणस्तर बृद्धि गर्न रुं ७ करोड ४६ लाख ९९ हजार ४ सय ७९ विनियोजन गरेको छु ।

९) सिंचाईः कृषिको अग्रणी गाउंपालिकाको रुपमा रहेको यस गाउंपालिकामा सिंचाईको विकास गरि उत्पादकत्व बृद्धि गर्दै कृषिमा रोजगारी सृजना आवश्यक रहेको छ । समग्र सिंचाई कुलो निर्माण तथा मर्मत सुधार गर्न रु.१ करोड २७ लाख विनियोजन गरेको छु ।

१०)महिला तथा बालबालिकाः आधा आकास ढाकेका महिलाको समग्र विकास नै विकासको मुल आधार हो । महिलालाई सिपयुक्त, सक्षम र आर्थिक रुपले सम्पन्न महिला उद्यम विकास घुम्तीकोष स्थापना गरिने छ । यसको लागि बिउ पुजींको रुपमा रु २० लाख विनियोजन गरेको छु ।
११)महिला, बालबालिका अपांग,ज्येष्ठ नागरिक उत्पिडित दलित , जनजाती, युवाबर्गको समुचित विकास गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
१२) सुशासन तथा संस्थागत सुधारः सुशासन विकासको मल आधार हो । गाउंपालिका हरेक क्रियाकलापलाई पारदर्सि बनाइने छ । जन प्रतिनिधि र कर्मचारीको क्षमता विकास, लगायत कार्यालय र वडा कार्यालयको समग्र व्यवस्थापनमा सुधार गरिने छ । सुशासन संस्थागत विकास, संरचनागत विकासको लागि ५१ लख ३५ हजार विनियोजन गरेको छु ।

१३)खेलकुदको विकास गर्न राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता र अध्यक्ष कप भलिबल प्रतियोगिता लगायत विभिन्न खेल संचालन गर्न रकम विनियोजन गरेको छु । वडा स्तरीय तथा अनइ खेलमैदान सुधार गर्ने कार्यलाई निरन्तरता दिएको छु ।
१४) मठ मन्दिर, गुफा संरक्षण कार्य लाइ निरन्तरता दिएको छु ।
श्रद्घेय अध्यक्ष तथा सदस्य ज्यूहरु,
अव म आगामी आ.व. २०७६।०७७ को विषयगत क्षेत्र तर्फको बजेट विनियोजनको संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु ।
कुल विनियोजीत रकम रु.५६करोड ६१ लाख ४६ हजार ४ सय ६५ मध्ये विषयगत विनियोजन यस प्रकार रहेको छ ।

(१)चालु खर्च तर्फ (पदाधिकारी खर्च कर्मचारी प्रशासन कार्यालय संचालन,सामाजिक सुरक्षा) रु.३८,१६,९१,०००।
(२) पुंजीगत खर्च तर्फ ः जम्मारु १८,४४,५५,४६५।—
क. पूर्वाधार विकास तर्फ ः रु.१२,८०,४९,४७९।— ६९४२प्रतिशत
ख. सामाजिक विकास तर्फ ः रु.३,२०,२०,९८६।—१७.३६प्रतिशत
ग. आर्थिक विकास तर्फ ः रु.१,१२,५०,०००।—६.१० प्रतिशत
घ. वातावरणसंरक्षण तथा विपद व्यवस्थापन तर्फ ः रु.८०,००,०००।—४.३४ प्रतिशत
ङ. सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह ः रु.५१,३५,०००।—२.७८ प्रतिशत

श्रद्घेय अध्यक्ष तथा सदस्य ज्यूहरु,
१५. प्रस्तुत कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट गाउंपालिकाको भौतिक पुर्वाधारको विकासको साथ साथै सामाजिक, आर्थिक र वातावरणिय क्षेत्रमा परिवर्तन भई गाउंपालिकाको सर्वाङ्गिण विकासको ढोका खोलिने र गरिबि न्युनिकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छु ।
१६.प्रस्तावित बजेट तर्जुमा गर्दा गाउंपालिकाको आन्तरिक आय, संघिय सरकारबाट प्राप्त बजेट र,प्रदेश सरकारबाट प्राप्त बजेट तथा प्राथमिकताका क्षेत्र, गाउंपालिकाको प्राथमिकताका क्षेत्रहरु, जनताबाट आवश्यक ठानिएका आयोजनाहरु, नागरिक समाज, गैर सरकारी संस्थाहरु लगायत सम्पुर्ण महानुभावहरु सबैको अमुल्य सुझाव लाई उपलव्ध श्रोत साधनको सिमा भित्र रहि समेट्ने प्रयास गरेको छु ।
१७. प्रस्तुत बजेटको कार्यान्वयनबाट गाउंपालिकाको सर्वाङ्गिण विकासकोढोका खोलिने र गरिबि न्युनिकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । प्रस्तुत बजेट, कार्यक्रम माथि उपस्थित सदस्यहरुवाट प्रभावकारी कार्यवन्यनका लागी सल्लाह र सुझावको अपेक्षा राखेको छु । गाँउपालिकाको स्रोत र क्षमता अनुसार विभिन्न उप समितिहरु र गाँउकार्यपालिकामा व्यापक छलफल गरी बजेटलाई सन्तुलित र दीगो बनाउने प्रयास गरिएको छ । गाउपालिकाको स्रोत साधनले समेट्न नसकेका ठूला योजनाहरुप्रदेश सरकार र केन्द्रीय सरकारको सहकार्यमा संचालन गर्न स्रोतको व्यवस्था गरेको छु । थप योजनाहरुको संचालनको लागि प्रदेश सरकार र संघीय सरकारमा पहल गरिने व्यहोरा समेत अनुरोध गर्न चाहन्छु ।

१८.अन्तमा, प्रस्तुत वजेटको कार्यान्वयन गर्दा सवैको साझेदारी,सकरात्मक एवं रचनात्मक सहयोग साथै अर्थपुर्ण सहभागितावाट मात्र सफलता प्राप्त हुने कुरामा विश्वास व्यतm गर्दछु । यस सभामा पेश भएको वजेटलाई पूर्ण रुपले प्रस्तुत बजेट कार्यान्वयन, अनुगमन, मुल्यांकनमा आ–आफ्नो तर्फबाट सहयोग पु–याउन सम्पुर्ण जन प्रतिनिधिहरु बुद्धिजिबीहरु, राजनैतिक दल, सरकारी, गैर सरकारी संघ संस्थाहरु, उद्योगी व्यवसायीहरु,नागरिक समाज, उपभोक्ता समितिहरु लगायत सरोकारवाला सम्पुर्णबाटमहत्वुपुर्ण र सार्थकसहयोग प्राप्त हुने अपेक्षा गरेको छु । योजना छनौटमा सहयोग पु–याउनु हुने सम्पुर्ण महानुभावहरु, राष्ट्रसेवक कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । प्रस्तुत बजेट,र अनुसुचि ६ मा संलग्न आयोजना तथा कार्यक्रमहरुलाई यस सम्मानित सभाबाट गहन छलफलका साथ पारीत गर्नहुनेछ भन्ने अपेक्षा गरेको छु । अन्तमा हामीलाई निर्बाचित गरेर यस गाउंपालिकाको सेवा गर्ने अपुर्व अवसर प्रदान गर्नुहुने सम्पुर्ण माछापुच्छे« गाउंपालिका निबासी आदरणिय आमा बुबा दाजुभाई दिदी बहिनीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
धन्यबाद !
उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडी
संयोजक 
बजेट,नीति तथा कार्यक्रम समिति