Author Archive

सराङकोटलाई धाम बनाउन फागुन १४ बाट महायज्ञ

पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटमा यही फाल्गुन १४ गतेदेखि २१ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव हुने भएको छ । धार्मिक पर्यटन क्षेत्रको रूपमा परिचित सराङकोटलाई धामका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो । सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको अगुवाइमा पञ्चमुखी गणेश, विशाल शिव मन्दिर, भ्यु टावर, १०८ शिव लिङ्ग, १०८ धारा, भूमे कालिका, गणेश मन्दिर, बहुउद्देश्यीय भवन समेतको… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपको तयारी पूरा

२४ औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८१ को तयारी सकिएको छ । सहारा क्लब पोखराको आयोजनामा २२ माघदेखि ३ फागुनसम्म हुने प्रतियोगिताको तयारी सकिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । प्रतियोगितामा स्वेदशी ९ र तीन विदेशी गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने साहारा क्लब अध्यक्ष केशवराज बरालले बताए । थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एन… पुरा पढौ

पुरुषतर्फ पुलिस र महिलातर्फ टाइगर ग्रुप च्याम्पियन

पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ आयोजक टाइगर ग्रुप च्याम्पियन बनेका छन् । आइतबार पोखरा रङ्गशालामा भएका फाइनल खेलमा पुरुषतर्फ विभागीय टोली पुलिस र महिलातर्फ पहिलो सहभागितामै आयोजक टाइगरले उपाधि जितेका हुन् । पुरुषतर्फ गण्डकीलाई ३–१ सेटले हराउँदै गर्दै पुलिस पुरुषतर्फ च्याम्पियन बन्यो । पुलिसले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ जितेपछि तेस्रो सेट २०–२५ ले गण्डकीलाई सुम्पियो । दोस्रो सेटमा… पुरा पढौ

मनकामना डेन्टलको सहयोगमा होली माउन्टमा शिविर

पोखरा २९ भण्डारढिकमा रहेको होली माउन्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्वसन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ । अभिभावक र विद्यार्थी लक्षित गरी दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले बताए । उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । माता मनकामना डेन्टल केयर पोखरा न्युरोडको प्राविधिक सहयोगमा भएको शिविरमा अभिभावक र विद्यार्थी गरी १ हजार १ सय… पुरा पढौ

असक्तलाई लायन्स ग्लोबल फ्रेन्डसिपको ह्विलचेयर सहयोग

लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्रेन्डसिपले एक असक्त व्यक्तिलाई ह्विलचेयर सहयोग गरेको छ । क्लबले नुवाकोटका कैलाश उपे्रतीलाई बिहीबार ह्विलचेयर प्रदान गरेको अध्यक्ष रजिता खड्काले बताइन् । क्लबका सदस्यहरुबाट संकलित रकमबाट ह्विलचेयर प्रदान गरिएको हो ।सदस्यहरूको सक्रियतामा आवश्यक परेका व्यक्तिलाई सहयोग गरिएको उनको भनाइ छ । ह्विलचेयर हस्तान्तरण कार्यक्रममा डिस्टिक ३२५ एमका सिग्नेचर प्रोजेक्ट हेड वलराम सुवेदी, रिजन चेयर पर्सन दीपक आचार्य, ग्लोबल फ्रेन्डसिपका पास्ट प्रेसिडेन्टहरु शिव कोइराला र प्रदीप… पुरा पढौ

पोखरामा गण्डकी स्वजागरण उत्सव र विराट् चक्र हुने

पर्यटन राजधानी पोखरामा ‘गण्डकी स्वजागरण उत्सव’ हुने भएको छ । जीवन विज्ञान प्रतिष्ठान नेपालको आयोजनामा हुने स्वजागरण उत्सव यही फाल्गुन १० गते पोखरा रङ्गशालामा हुने भएको हो । सोही क्रममा फाल्गुन ११ गतेदेखि १७ गतेसम्म विराट् चक्र विज्ञान समेत हुने आज पोखरामा अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । योग र ध्यानको पद्धतिबाट स्वस्थ, सदाचार, नैतिकवान् र राष्ट्रिय भावनाले ओतप्रोत जनशक्ति निर्माण गर्दै शिक्षित र युवा जनशक्तिलाई स्वदेश मै आफ्नो… पुरा पढौ

आहा रारामा १२ टिम, पहिलो खेलमा आयोजक र पुलिस भिड्ने

आयोजक सहारा क्लब पोखराले यही माघ २२ देखि सञ्चालन गर्ने २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको टाइसिट बिहीबारसार्वजनिक गरेको हो । १२ टिमले भाग लिने सो प्रतियोगितामा भारत, बेलायत, उज्जेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले भाग लिँदै छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुने भएको छ । फागुन ३ मा हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल… पुरा पढौ

सामुदायिक सेवा केन्द्र बैदाममा ठाकुरको नेतृत्व

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको बुधबार भएको २१ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट ठाकुरप्रसाद बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । पोखरा ६ बैदाममा बुधबार भएको १२ औं अधिवेशनबाट वरिष्ट उपाध्यक्षमा सोभियत परियार, उपाध्यक्षमा अनील थापा, सचिवमा शान्ता सुवेदी, सहसचिवमा भिषमाया नेपाली र कोषाध्यक्षमा निर्मला थापा चयन भएका छन् । यसैगरी सदस्यमा ऋषिमाया पहारी, गोमा पगेनी, विष्णु प्रसाद पहारी, पदमबहादुर ढकाल, जुना अधिकारी,… पुरा पढौ

दोष नभएका बालबालिका पनि कारागारमा

बागलुङ जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदीबन्दीका २ बालबालिका पनि कारगारमा छन् । ४ वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने २ महिनाकी बालिका पनि थपिएकी छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मीसेन सुनार सहकारी ठगी मुद्दामा २०८० माघ १२ गते काठमाडौँमा पक्राउ परेकी थिइन् । सुनारलाई जिल्ला अदालतले माघ १५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।… पुरा पढौ

रेन्बो एकेडेमिकमा अभिभावक भेला

पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स माविको नर्सरीदेखि कक्षा ३ सम्मका अभिभावकको भेला भएको छ । कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान पु¥याउनुपर्ने बताए । उनले लामो समयदेखि सञ्चालनमा रहेको स्कुलले विभिन्न क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गरेको र अनुभवी शिक्षकले ढुक्कसँग अध्यापन गर्ने उल्लेख गर्दै अभिभावकहरुलाई अभिभावकिय दायित्व पनि पूरा गर्न आग्रह गरे । पोखरा महानगरका वरिष्ठ शाखा अधिकृत कृष्ण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं