असक्तलाई लायन्स ग्लोबल फ्रेन्डसिपको ह्विलचेयर सहयोग

लायन्स क्लब अफ काठमाडौँ ग्लोबल फ्रेन्डसिपले एक असक्त व्यक्तिलाई ह्विलचेयर सहयोग गरेको छ । क्लबले नुवाकोटका कैलाश उपे्रतीलाई बिहीबार ह्विलचेयर प्रदान गरेको अध्यक्ष रजिता खड्काले बताइन् ।

क्लबका सदस्यहरुबाट संकलित रकमबाट ह्विलचेयर प्रदान गरिएको हो ।
सदस्यहरूको सक्रियतामा आवश्यक परेका व्यक्तिलाई सहयोग गरिएको उनको भनाइ छ ।

ह्विलचेयर हस्तान्तरण कार्यक्रममा डिस्टिक ३२५ एमका सिग्नेचर प्रोजेक्ट हेड वलराम सुवेदी, रिजन चेयर पर्सन दीपक आचार्य, ग्लोबल फ्रेन्डसिपका पास्ट प्रेसिडेन्टहरु शिव कोइराला र प्रदीप न्यौपानेले बोलेका थिए ।

ह्विलचेयर पाएपछि जीविकोपार्जनमा सहज हुने भन्दै उप्रेतीले क्लबलाई धन्यवाद दिए ।