Author Archive

अध्ययन गर्ने केही सरल तरिका

बिधार्थी भाइबहिनीहरु, यो लेख ले खास गरि यो पल्ट मनोबैझानिक रुपमा असर परेका कक्षा १० का भाइ बहिनिको लागि सम्बोधन गर्ने कोसिस गरेको छु । हुन त अरु बिधार्थीको लागि पनि यो तरिका अबलम्बन  गर्दा शैक्षिक उपलब्धि हासिल गर्न सहज हुनेछ । कक्षा १० को परिक्षा स्थगनले पारेको पिडा म सहज महसुस गर्न सक्छु । एउटा असल शिक्षक अनि प्राचार्यको नाता ले तिमीहरुलाइ म येति मात्र भन्न सक्छु, यो एउटा… पुरा पढौ

काठमाडौंमै भेटियो कोरोना संक्रमित

कोरोना भाइरसको संक्रमण काठमाडौंमा पनि देखिएको छ । फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना देखिएको हो । उनको टेकु अस्पतालमा उपचार भइरहेको र भाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवती स्वास्थ्य रहेको जनाए । युवतीको परिवारलाई पनि आइसोलेसनमा राख्ने तयारी भएको छ । मन्त्री ढकालले भने, ‘उहाँसँगै आउनुभएको साथीहरुको बारेमा पनि जानकारी लिने काम जारी छ।’ पुरा पढौ

जर्मनीका चान्सलर क्वारेन्टाइनमा

जर्मनी चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित एक जना डाक्टरसँग भेटघाट भएको पत्ता लागेपछि उनी आफ्नै घरमा क्वारेन्टाइनमा बसेकी हुन् । कोरोना रोकथामका लागि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति जमघट गर्न रोक लगाएको छ । यो प्रतिबन्ध घरभित्र र बाहिर दुवैतिर लागु हुनेछ । पुरा पढौ

विप्लवका दाजु ललितपुरबाट पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका ६ कार्यकर्ता ललितपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेत्रविक्रम चन्दका माइला दाई जयन्द्र चन्दसमेत छन् । चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष हुन् । विप्लवका जेठा दाई वीरजंग चन्द यसअघि दाङबाट पक्राउ परि सकेका छन्। पुरा पढौ

लन्डनमा १ नेपालीलाई कोरोना संक्रमण

लन्डनमा १ नेपालीलाई कोरोना संक्रमण भएको छ । लन्डनमा सामाजिक अभियन्ता भगवती रानाभाट कोभिड संक्रमित भएकी हुन् । उनी ११ दिनदेखि आइसोलेसनमा छिन् । नर्थविक पार्क अस्पतालमा उनको उपचार भइरहेको छ । ९ मार्चबाट उनलाई ज्वरो आएको थियो । पछि उनलाई कोरोना संक्रमण पुष्टि भयो । उनका श्रीमान मीन र २ छोराछोरीसमेत सेल्फ आइसोलेसनमा छन् । उनले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै फेसबुकमा लेखेकी छन्, ‘१० दिनको सेल्फ़ आईसोलेसन… पुरा पढौ

३ नेपाली कामदार कोरोनाबाट संक्रमित

बहराइनमा रहेका ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरु त्यहाँका अलग अलग कम्पनीमा कार्यरत थिए । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँको सरकारले ३ नेपालमा कोरोना संक्रमण भएको जानकारी दुतावासलाई दिएको जनाए । बहराइनमा हालसम्म ३ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ। पुरा पढौ

मुख दिवस मनाइयो

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकीले विश्व मुख दिवस मनाएको छ । दिवसको अवसरमा शुक्रबार संस्थाले कास्की कारागारमा दन्त मन्जन र ब्रस वितरण गरेको हो । संस्थाका अध्यक्ष सुवास सुवेदीले कास्की कारागार प्रमुख महेन्द्रबहादुर कुवँरलाई ती सामग्री हस्तान्तरण गरे । कोराना संक्रमणको त्रास बढ्दै गएपछि सार्वजनिक कार्यक्रमको साटो रचनात्मक कार्यक्रम गरिएको एसोसियसन गण्डकीका महासचिव अर्जुन पौडेलले बताए । कास्की कारागारका कैदीमा मुख स्वास्थ्यबारे सचेतना जगाउन र आउँदै गरेको संकटको सामना… पुरा पढौ

कैलालीमा विस्फोट, एकको मृत्यु

कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो। विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउन खोज्दा पट्कीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए। उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए। पुरा पढौ

पोखराका ठूला अस्पतालमा आइसोलेसन

पोखराका सबै ठूला अस्पतालमा आइसोलेसन बेड बनाउने तयारी भएको छ । पोखराका विभिन्न क्षेत्रमा क्वारेन्टाइन बनाउने तयारी प्रदेश सरकारले निर्णय गरेको हो । पोखराका ५० शैयाभन्दा बढीका सरकारी र निजी अस्पतालले आफ्नै स्रोत र बजेटमा ५ बेडको आइसोलेसन र थप १० बेडको पिपिई सेट तयार गर्नुपर्ने भएको छ । प्रयोगशालाका कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था मिलाउन र भेन्टिलेटर चालु अवस्थामा राख्न पनि सरकारले निर्देशन दिएको छ । मणिपाल शिक्षण अस्पताल र… पुरा पढौ

कोरोनाबाट पहिलो पटक नेपालीको मृत्यु

कोरोना भाइरसबाट बेलायतमा १ नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो। संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भएका राई लण्डनको साउथ ह्यारोमा बस्थे । ३ दिनअघि राईको मृत्यु भए पनि अस्पतालले आजमात्र यसको पुष्टि गरेको छ । उनको परिवार अहिले आइसोलेसनमा छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं