कोरोना भाइरसबाट बेलायतमा १ नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो।
संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भएका राई लण्डनको साउथ ह्यारोमा बस्थे । ३ दिनअघि राईको मृत्यु भए पनि अस्पतालले आजमात्र यसको पुष्टि गरेको छ । उनको परिवार अहिले आइसोलेसनमा छ ।




