Author Archive

पौने ४ लाख संक्रमित, १६ हजार ५ सयको मृत्यु

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरै विश्व प्रभावित भएको छ। विश्व स्वास्थ्य संगठनका अुनसार १८६ देश कोरोना भाइरसबाट प्रभावित भइसकेका छन्। यो भाइरसको संक्रमणबाट १६ हजार ५ सय ५८ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ८१ हजार ६ सय ४९ जना संक्रमित भएका छन् । १ लाख ९ सय ५८ जना घर फर्केका छन्। संक्रमित बिरामीको संख्यामा पहिलो नम्वरमा अहिले पनि चीन नै रहेको छ । चीनमा… पुरा पढौ

आइसोलेसनमा राख्नुपर्नेलाई क्वारेन्टाइनमा

कोरोना संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका युवालाई क्वारेन्टाइनमा राखिएको छ। गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ देखिएको सोमबार सार्वजनिक भएको थियो। उनीसँगै जहाजमा ढोरपाटन नगरपालिका ५ अधिकारीचौरका १ युवा पनि आएका थिए । ती युवा फ्रान्सबाट आएर एक रात काठमाडौंमा बसी भोलीपल्ट बागलुङ आएका थिए। उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर पछि गाउँले भयभित भएका छन् । उनीसँग… पुरा पढौ

लकडाउन र कर्फ्यु उस्ताउस्तै हुन त ?

कतिपयले ‘लकडाउन’ लाई कर्फ्यु भन्ने सोचेका छन् । तर ‘लकडाउन’ भनेको कर्फ्यु होइन । यो बेलामा अत्यावश्यक बाहेकका काम गर्न, यात्रा गर्न र गाडी चलाउन रोक लगाइन्छ । मानिसलाई घरबाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालन मात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यु जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यु र ‘लकडाउन’ फरक कुरा हुन् । सुरक्षामा चुनौती देखिए कर्फ्यु लगाइन्छ । तर सुरक्षा बाहेकका अरु कारणले मानिसको ओहोरदोहोरमा… पुरा पढौ

बलात्कारको आरोप लागेका सांसद धराैटीमा छुटे

बलात्कारको आरोप लागेका सुदूरपश्चिम प्रदेशसभाका सांसद अक्कलबहादुर रावल पाँच लाख घरौटी बुझाएर रिहा भएका छन्।  रावललाई जिल्ला अदालत कैलालीले पाँच लाख घरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो। सोमबार जिल्ला न्यायाधीश जयानन्द पनेरूको एकल इजलासले सांसद् रावललाई रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै रावल सोमबार नै धरौटी बुझाएर छुटेका छन्। रावलविरुद्ध धनगढीकी एक महिलामाथि बलात्कार प्रयास गरेको अभियोग लागेको छ। प्रहरीमा गत फागुन १५ गते उजुरी परेपछि उनले २१… पुरा पढौ

म कोरोना भाइरस !

आए म तिम्रो सहरमा तिमी के गर्छौ अब ? खुब जिस्कायौ मलाई तिमिहरुले हेप्यौ मलाई तिमिहरुलाइ थाहा छैन - मैले कतिको जीवन स्वाहा परिदिए ! जतिसुकै आणविक शक्ति छ भन्नेहरु पनि दुनियाँकै महाशक्ति राष्ट्रहरु पनि आज मेरो सामु निरीह बनिरहेका छन् यो दुनियाँमा मभन्दा शक्तिशाली कोहि छैन नाथे तिमी नेपालीहरु के सोचिरहेको आफुले आफैलाइ ? आउन दुई चार दिन के ढिलो भएको थियो आफूलेआफैलाइ शक्तिशाली ठान्यौ ? नेपालिलाइ मैले अवसर… पुरा पढौ

पेट्रोलियम र ग्यास आयात र ढुवानी नरोकिने

नेपाल आयल निगमले अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जनाएको छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले देशसञ्‍चारसँग कुरा गर्दै भने, ‘अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहन्छ। हामी अभाव हुन दिने छैनौँ।’ यसका साथै उनले निगमका आ–आफ्ना क्षेत्रका कार्यालय प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानिय प्रशासन तथा भंसारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न समेत जानकारी दिए। सरकारले… पुरा पढौ

संकटमा सघाउन रक्तदान

कोरोना संक्रमणले देश नै लकडाउनतिर गइरहेका बेला रगत अभाव हुने खतरा पनि छ । यो संकटमा सघाउन सोमबार नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको आयोजना र पोखरा महानगरपालिका वडा नं. १७ को संयोजनमा रक्तदान आयोजना गरिएको छ । कोरोनाबारे सुरक्षा सावधानी अपनाएर रक्तदान आयोजना गरिएको उपशाखा सभापति झपिन्द्रराज रेग्मीले बताए । उनले भने, ‘उपशाखा स्थलमा साना साना समूहमा रक्तदाताले रक्तदान गरेका छन् भने धेरैले हालै कास्कीमा रेडक्रसले सुर गरेको रक्तसंकलन… पुरा पढौ

गजल

सर्तक, संयमित बनाै, हुदैन त्यसै डर्नघरमै बस्ने हात धुने, हुन्न नजिक पर्न काेराेना - काेराेना भन्ने डराउने हाेइनअाउदैन त्यसै घरमै बसे,हामीलाई सर्न कर्फ्यु लगाउ सरकार! अझै कडा गरजनता सबै तत्पर छन् , सहयोग गर्न सबैलाई अाफ्नाे ज्यानकाे अति माया छकसैलाई रहर छैन अनिकालमा मर्न लाेभ नगराै, धैर्य गराै बिश्वासमा पराैअत्य हुनेछ भाइरस,अाेठमा खुसी छर्न२०७६/१२/१० गते । पुरा पढौ

गण्डकीमा सवारी सञ्चालन रोकियो, प्रदेशका नाकाहरु बन्द

गण्डकी प्रदेश सरकारले मंगलबारदेखि अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएको छ । प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न बनाइएको उच्चस्तरीय निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबारबाट बाग्लुङको बुर्तिबाङ, नवलपुरको त्रिवेणी, तनहुँको आँबुखैरेनी र स्याङ्जाको राम्दीबाट सवारी प्रवेश रोकिने भएको छ । अत्यावश्यकीय मालबाहक सवारी भने चल्न पाउने छन् । बैठकले हस्पिटलहरुमा ओपिडी सेवा बन्द गर्ने र इमर्जेन्सी चलाउने निर्णय गरेको छ । विभिन्न स्थानमा क्वारेन्टाइन बनाउने निर्णय… पुरा पढौ

जनसेना र कार्यकर्तालाई कोरानाविरुद्ध परिचालित हुन विप्लवको निर्देशन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका कार्यकर्ता र जनसेनालाई कोरोना भाइरसबारे जनचेतना जगाउन परिचालित हुन निर्देशन दिएको छ । नेकपाले कोरोना भाइरसबाट देशमुक्त नहुँदासम्म आक्रामक कारबाही बन्द गर्ने जनाएको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गर्दै आफ्ना आक्रामक गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएका हुन् । तर, सरकारी दमन भए प्रतिरोध कारबाही भने जारी रहने उनले उल्लेख गरेका छन् । सरकारले २८ फागुन ०७५ मा प्रतिबन्ध लगाएपछि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं