नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीका कार्यकर्ता र जनसेनालाई कोरोना भाइरसबारे जनचेतना जगाउन परिचालित हुन निर्देशन दिएको छ ।
नेकपाले कोरोना भाइरसबाट देशमुक्त नहुँदासम्म आक्रामक कारबाही बन्द गर्ने जनाएको छ । महासचिव विप्लवले सोमबार विज्ञप्ति प्रकाशित गर्दै आफ्ना आक्रामक गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएका हुन् । तर, सरकारी दमन भए प्रतिरोध कारबाही भने जारी रहने उनले उल्लेख गरेका छन् ।

सरकारले २८ फागुन ०७५ मा प्रतिबन्ध लगाएपछि बम विस्फोट गराउने, चन्दा असुल्ने, जनप्रतिनिधिहरूलाई कालोमोसो लगाउने जस्ता गतिविधिमा विद्रोही नेकपा संलग्न भएको सुरक्षा निकायको दाबी छ । नेकपाले चिकित्सक एवम् स्वास्थ्य कार्यकर्तालाई जनताको सेवामा लाग्न अनुरोध गरेको छ।




