बलात्कारको आरोप लागेका सुदूरपश्चिम प्रदेशसभाका सांसद अक्कलबहादुर रावल पाँच लाख घरौटी बुझाएर रिहा भएका छन्।
रावललाई जिल्ला अदालत कैलालीले पाँच लाख घरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो। सोमबार जिल्ला न्यायाधीश जयानन्द पनेरूको एकल इजलासले सांसद् रावललाई रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै रावल सोमबार नै धरौटी बुझाएर छुटेका छन्।
रावलविरुद्ध धनगढीकी एक महिलामाथि बलात्कार प्रयास गरेको अभियोग लागेको छ। प्रहरीमा गत फागुन १५ गते उजुरी परेपछि उनले २१ फागुनमा आत्मसमर्पण गरेका थिए।




