कैलालीमा विस्फोट, एकको मृत्यु

कैलालीको गोदावरीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो।

विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउन खोज्दा पट्कीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए। उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।