जर्मनी चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित एक जना डाक्टरसँग भेटघाट भएको पत्ता लागेपछि उनी आफ्नै घरमा क्वारेन्टाइनमा बसेकी हुन् ।
कोरोना रोकथामका लागि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति जमघट गर्न रोक लगाएको छ । यो प्रतिबन्ध घरभित्र र बाहिर दुवैतिर लागु हुनेछ ।




