Author Archive

अविवाहित केटीलाई मोबाइल बोक्न रोक

बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ मा अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाइएको छ । बुधबार बसेको वडास्तरको बैठकले यस्तो निर्णय गरेको हो । कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि यस्तो निर्णयमा पुगिएको वडाध्यक्ष रामबहादुर कुर्मी पटेलले बताए । १३, १४ वर्षमै युवतीहरुले भागी बिहे गर्ने क्रम बढेपछि अभिभावकको गुनासोको आधारमा यस्तो निर्णय गर्नुपरेको पटेलको दाबी छ । विवाह नभएका केटाहरु घरबाहिरको काममा हुने भएकाले उनीहरुलाई भने प्रतिवन्ध नलगाइएको… पुरा पढौ

वृद्ध आइसोलेसनमा भर्ना

सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । आज ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए । यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेण्टको व्यवस्था गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार… पुरा पढौ

बद्रीनाथले भर्ती गरे ३ कर्मचारी, बदर गर्न कर्मचारी संघको माग

पोखरा महानगरपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ अधिकारीले एकलौटी ढंगले कर्मचारी नियुक्ति गरेको भन्दै तत्काल बदर गर्न स्थानिय तह कर्मचारी संघ पोखरा महानगरपालिका इकाई समितिले माग गरेको छ । गत माघ २६ गते पोखरा महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर १ महिना ३ दिनमा सरुवा भएका अधिकारीले सहायक स्तर पदमा ३ जना कर्मचारी नियुक्ति गरेको भन्दै समितिले बदर गर्न माग गरेको हो । इकाईका अध्यक्ष शिवप्रसाद बराले जारी गरेको विज्ञप्तिमा… पुरा पढौ

पनौतीमा गोली चल्यो, हवल्दारसहित ५ जना घाइते

टिप्परको ठक्करले २को मृत्यु भएपछि काभ्रेपलाञ्चोकको पनौती तनावग्रस्त बनेको छ । भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । पहिचान नभएका व्यक्तिले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गर्दा ४ प्रदर्शनकारी पनि घाइते भएका छन् । प्रदर्शनकारीले प्रहरी बिटमा पनि आगजनी गरेका छन् । प्रहरीले चार राउण्ड हवाइ फायर र आधा दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ। बा ५ ख ५४८०… पुरा पढौ

नेपालबाट भारत जाने बस बन्द

कोरोना भाइरसको जोखिम न्यूनकरणका लागि सरकारले नेपाल भारत बस सेवा बन्द गरेको छ । अहिले नेपालको एक दर्जनभन्दा बढी ठाउँबाट भारतका विभिन्न शहरमा सार्वजनिक बस चल्छन् । नेपाल भारतमैत्री बस सेवा २०७१ सालबाट सुरु भएको थियो। अहिले नेपालसँगै भारतबाट पनि बस सेवा सञ्चालन हुँदै आएको छ। अहिले नेपालको सुनौली, महेन्द्रनगर, नेपालगञ्ज, रक्सौला, जनकपुर र काकरभित्ता नाका हुँदै नेपाल भारतमैत्री बस सेवा सञ्चालन हुँदै आएको छ। नेपाल भारत बस सेवा पोखरा,काठमाडौं,बाग्लुङ,… पुरा पढौ

चेम्बर अफ कमर्स विरौटा इकाइमा नगेन्द्र

पोखरा चेम्बर अफ कमर्सले पोखराका विभिन्न वडामा संस्थाका इकाइ विस्तार गरिरहेको छ । हालै भएको पोखरा वडा नं. १७, २१, २२ र ३३ को भेलाले नगेन्द्र शर्मा भण्डारीको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय कमिटी गठन गरेको हो । समितिमा उपाध्यक्ष राजु सुनार, महासचिव गोकर्ण क्षेत्री, कोषध्यक्ष शम्भुनाथ योगी, सहकोषाध्यक्ष शोभा बालकोटी र सदस्यमा दुर्गादत्त भण्डारी, रामचन्द्र सुवेदी, राजेश, रमेश पोख्रेल र हेमराज सुवेदी छन् । इकाइ सल्लाहकारमा गणेश श्रेष्ठ, रुद्रलाल सुवेदी,… पुरा पढौ

फेरियो स्कुल समय, ९-४ बजेसम्म पढाइ

नयाँ शैक्षिक सत्रदेखि स्कुल समय परिवर्तन भएको छ । अब स्कुल बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्कुल समयबारे निर्णय गरी शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिइसकेको छ । अहिलेसम्म स्कुल, सरकारी र निजी कार्यालय खुल्ने समय समान एउटै छ । निजी विद्यालयका बस र कार्यालय समयमा हुने आवागमनले सडक जाम बढेपछि त्यसको व्यवस्थापनका लागि… पुरा पढौ

अमेरिकालाई चिनिया धनाढ्यको सहयोग

एसियाका सबैभन्दा धनी ज्याक माले अमेरिकालाई १० लाख मास्क र पाँच लाख टेस्टिङ किट सहयोग गरेका छन्। उनी अलिबाबाका संस्थापक पनि हुन् । सोमबार बिहान चीनको सांघाईमा ती सामान चाइना इस्टर्न एयरलायन्सको जहाजमा राख्न लागिएको तस्बिर ज्याक माले ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘मास्क र कोरोना भाइरस परीक्षण गर्ने किट बोकेको जहाज सांघाईबाट उड्दैछ। हाम्रा अमेरिकी साथीहरूलाई अल द बेस्ट। उनको ट्वीटलाई ट्वीटरका सिइओ ज्याक डोर्सेले रिट्विट गर्दै स्वागत… पुरा पढौ

कोरोनाबाट साढे ६ हजारको ज्यान गयो, मेयरको मृत्यु

उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मेयर भ्यालोटीको शुक्रबार मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्याय देखिएपछि ७० वर्षीय मेयर भ्यालोटीलाई मार्च ७ मा अस्पताल भर्ना गरिएको थियो। फोक्सोमा अत्यधिक संक्रमणका कारण शुक्रबार उनको मृत्यु इटालीका सञ्चारमाध्यमले जनाएका छन् इटालीमा कोभिड– १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ९ पुगेको छ। इटालीमा पछिल्लो २४ घण्टामा मात्रै थप ३ सय ६८… पुरा पढौ

पोर्चुगलमा एक नेपालीलाई कोरोना

पोर्चुगलमा रहेका एक नेपाली नागरिकलाई कोरोना भाइरस भएको पुष्टी भएको छ । पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा कृषि मजदुरको रुपमा काम गर्ने एक नेपालीलाई कोरोना संक्रमण भएको फारो नगरपालिकाका मेयर रोगिरियो बाकलहाउलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भएतापनि उनको नाम, उमेरको बारेमा भने पूर्ण जानकारी गोप्य नै राखिने त्याहाँको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोर्चुगलमा अहिलेसम्म २४५ जनामा कोरोना संक्रमण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं