पनौतीमा गोली चल्यो, हवल्दारसहित ५ जना घाइते

टिप्परको ठक्करले २को मृत्यु भएपछि काभ्रेपलाञ्चोकको पनौती तनावग्रस्त बनेको छ ।

भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । पहिचान नभएका व्यक्तिले गोली चलाएपछि प्रहरीले जवाफी फाइरिङ गर्दा ४ प्रदर्शनकारी पनि घाइते भएका छन् ।

प्रदर्शनकारीले प्रहरी बिटमा पनि आगजनी गरेका छन् । प्रहरीले चार राउण्ड हवाइ फायर र आधा दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ।

बा ५ ख ५४८० नम्बरको टिप्परले अपरान्ह ४ बजेतिर ठक्कर दिदा खानीखोला गाउँपालिका–१ की अन्दाजी २७ बर्षीय जुनीमाया गोले र उनकी तीन वर्षीया नावालक छोरीको मृत्यु भएको थियो । टिप्परका चालक नबराज थापा प्रहरी नियन्त्रणमा छन्।