फेरियो स्कुल समय, ९-४ बजेसम्म पढाइ

नयाँ शैक्षिक सत्रदेखि स्कुल समय परिवर्तन भएको छ । अब स्कुल बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्कुल समयबारे निर्णय गरी शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिइसकेको छ ।

अहिलेसम्म स्कुल, सरकारी र निजी कार्यालय खुल्ने समय समान एउटै छ । निजी विद्यालयका बस र कार्यालय समयमा हुने आवागमनले सडक जाम बढेपछि त्यसको व्यवस्थापनका लागि यो निर्णय भएको बताइन्छ ।