अमेरिकालाई चिनिया धनाढ्यको सहयोग

एसियाका सबैभन्दा धनी ज्याक माले अमेरिकालाई १० लाख मास्क र पाँच लाख टेस्टिङ किट सहयोग गरेका छन्। उनी अलिबाबाका संस्थापक पनि हुन् ।

सोमबार बिहान चीनको सांघाईमा ती सामान चाइना इस्टर्न एयरलायन्सको जहाजमा राख्न लागिएको तस्बिर ज्याक माले ट्वीट गरेका छन्।

उनले लेखेका छन्, ‘मास्क र कोरोना भाइरस परीक्षण गर्ने किट बोकेको जहाज सांघाईबाट उड्दैछ। हाम्रा अमेरिकी साथीहरूलाई अल द बेस्ट।

उनको ट्वीटलाई ट्वीटरका सिइओ ज्याक डोर्सेले रिट्विट गर्दै स्वागत गरेका छन्। ज्याक मा फाउन्डेसनले कोरोना भाइरससँग लडिरहेका अरू मुलुकलाई पनि सहयोग गर्ने जनाएको छ।