काठमाडौंमै भेटियो कोरोना संक्रमित

कोरोना भाइरसको संक्रमण काठमाडौंमा पनि देखिएको छ । फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना देखिएको हो ।

उनको टेकु अस्पतालमा उपचार भइरहेको र भाइरस संक्रमणको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवती स्वास्थ्य रहेको जनाए ।

युवतीको परिवारलाई पनि आइसोलेसनमा राख्ने तयारी भएको छ । मन्त्री ढकालले भने, ‘उहाँसँगै आउनुभएको साथीहरुको बारेमा पनि जानकारी लिने काम जारी छ।’