मुख दिवस मनाइयो

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन गण्डकीले विश्व मुख दिवस मनाएको छ । दिवसको अवसरमा शुक्रबार संस्थाले कास्की कारागारमा दन्त मन्जन र ब्रस वितरण गरेको हो ।

संस्थाका अध्यक्ष सुवास सुवेदीले कास्की कारागार प्रमुख महेन्द्रबहादुर कुवँरलाई ती सामग्री हस्तान्तरण गरे । कोराना संक्रमणको त्रास बढ्दै गएपछि सार्वजनिक कार्यक्रमको साटो रचनात्मक कार्यक्रम गरिएको एसोसियसन गण्डकीका महासचिव अर्जुन पौडेलले बताए ।

कास्की कारागारका कैदीमा मुख स्वास्थ्यबारे सचेतना जगाउन र आउँदै गरेको संकटको सामना गर्न सकारात्मक सन्देश दिन कैदीलाई सहयोग गरिएको पौडेलको भनाइ छ ।