३ नेपाली कामदार कोरोनाबाट संक्रमित

बहराइनमा रहेका ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

उनीहरु त्यहाँका अलग अलग कम्पनीमा कार्यरत थिए । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले त्यहाँको सरकारले ३ नेपालमा कोरोना संक्रमण भएको जानकारी दुतावासलाई दिएको जनाए ।

बहराइनमा हालसम्म ३ सय ५ जनामा कोरोनाको संक्रमण देखिएको छ।