Author Archive

प्रेस युनियनलाई जिपी फाउन्डेशनको ज्याकेट

जिपी फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई प्रेस ज्याकेट सहयोग गरेको छ ।पूर्व प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति शान्ति नायक, युग पुरुष स्व.गिरीजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्तीको अवसरमा जिपी फाउण्डेशन कास्कीले प्रेस युनियन कास्कीलाई शनिवार एक कार्यक्रमकाबीच ५० थान प्रेस ज्याकेट सहयोग गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, जिपी फाउण्डेशन गण्डकी प्रदेशकी संयोजक संविधान सभासद् शारदा पौडेल, कास्कीका अध्यक्ष यादवराज अधिकारीले नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष… पुरा पढौ

पोखरा रंगशालाको कभर्ड हल ‘होल्डिङ सेन्टर’

कोरोना भाइरस (कोभिड–१९)कै महामारीमा विदेशबाट फर्किने नेपालीको संख्या बढ्दै गएको छ । विदेशबाट आएका सर्वसाधारणलाई सुरक्षित रुपमा काठमाडौंबाट सम्बन्धित गृहजिल्ला पुग्न सहजताको लागि होल्डिङ सेन्टर स्थापित गरिएको छ । गण्डकी प्रदेश सरकारले पनि ११ जिल्लालाई लक्षित गर्दै पोखरा रंगशालालाई होल्डिङ सेन्टर बनाउने निर्णय गरेकोछ । गण्डकी प्रदेश सरकार, नेपाली सेना, नेपाल प्रहरी तथा खेलकुदका व्यक्तित्वहरुसँग छलफलबाट शनिबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हललाई होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको छ । ‘… पुरा पढौ

पोखरा १७ का पूर्व वडाध्यक्षले दिए १५० परिवारलाई राहत

पोखरा महानगरपालिका वडा नं १७ का पूर्व अध्यक्ष भरतबहादुर तमुले आफूले स्थापना गरेको बस्तीका १ सय ५० घरधुरीलाई सहयोग गरेका छन् । कोरोना संक्रमणका कारण समस्यामा परेका परिवार पहिचान गरी उनले व्यक्तिगत रुपमा ३ लाख रुपैयाँ वितरण गरेका हुन् । गुरुङ्गले तत्कालिन समयमा सुकुम्वासी ब्यबस्थापन गर्ने क्रममा पोखरा रातोपैह्रा स्थित हनुमान टोलमा बस्ती बसालेका थिए । हाल अमेरीका बस्ने गुरुङ्गले प्रतिहव्यक्ति २ हजारको दरले आर्थिक सहयोग गरेका हुन् । आइतबार… पुरा पढौ

जो प्रधानमन्त्रीबाट राजीनामा दिएर मेयर बने

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड मेयर चुनिएका छन् । स्थानीय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उमेदवारी दिएका उनी निर्वाचित भएपछि राजीनामा दिएर मेयर बनेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारीका कारण उनी चुनावी प्रचारमा जान सकेको थिएनन् ।उनी उनलाई १५ मे २०१७ मा प्रधानमन्त्री नियुक्त भएका थिए । शुक्रबार दिएको उनको राजीनामा स्वीकृत गरेर राष्ट्रपति माक्रोंले जाँ कासेकलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । पुरा पढौ

पोखरा १७ मा देखियो स्थानीय संक्रमण

पोखरा महानगरपालिका वडा नं. १७ मा आइतबार स्थानीय संक्रमण पुष्टि भएको छ । ट्राभल हिस्ट्री र संक्रमितहरुको प्रत्यक्ष सम्पर्क नदेखिएका ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । शरीर कमजोर र ज्वरो आएपछि एन्टीबायोटिक खाँदा समेत संक्रमितलाई ठीक भएन । त्यसपछि चिकित्सकको सल्लाहमा स्वाब जाँच गर्दा ती पुरुषलाई कोरोना संक्रमण पुटि भएको हो । यी संक्रमित डिपार्टमेन्टल स्टोर्स र विभिन्न स्थानमा गएको स्रोतले जनाएको छ । संक्रमित लेखा परीक्षणमा पेशामा… पुरा पढौ

ढलमा कोरोना भाइरस, डराउनु पर्दैन

सेन्टर फर मलिकुलर डायनामिक्स (सीएमडीएन)नेपालले गरेको ‘इन्भारोमेन्टल सर्भिलेन्स अफ सार्स –२’ नामक अध्ययनमा काठमाडौंका २ ठाउँमा कोरोना भाइरस देखिएको कुराले आम मानिस त्रस्त भएको देखिएको छ | स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थियो | त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ मा गरिएको थियो | यो प्रकारको परीक्षण देश, काल र परिस्थिति अनुसार फरक फरक परिणाम दिने खालको हुन्छ | त्यस्तै स्याम्पललाई फ्रिजमा राख्दा एउटा रिपोर्ट… पुरा पढौ

दाहालसँग ओलीले भने : कारवाही गर्नुस्, अर्को पार्टी घोषणा गर्छु

नेकपा स्थायी समिति बैठक स्थगित भएको छ । आजलाई तय भएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाअध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसकेपछि स्थगित भएको हो । शुक्रबार ओलीसँग भएको भेटमा अध्यक्ष दाहाललाई ओलीले पार्टी फुटिसकेको बताएका हुन् । ‘पार्टी त फुटिसक्यो सही कुरा हो । भोलि तपाईंहरुले मलाई निकाल्नुस्, त्यसपछि म घोषणा गर्छु,’ ओलीले दाहालसँग भनेको भनाइ उद्धृत गर्दै एक नेताले बताए । ओलीसँगको भेटमा भएका कुराकानीबारे दाहालले शुक्रबार… पुरा पढौ

यस्तो छ गोरखाका मृतकको कन्ट्रयाक्ट हिस्ट्री

आइतबार बिहान मृत्यु भएका पालुङटारका कोरोना संक्रमित ४ दिनअघि मात्र गोरखा आएका थिए । कतारबाट १७ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका उनी सोही दिन बेलुका पालुङटार आइपुगेका थिए । बिहान ७ बजे काठमाडौं आइपुगेका उनी दिउँसो ५ बजे वडा नं. ७ को क्वारेन्टिन पुगेका थिए । पालुङटार वडा नं. ७ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले आफूसँग समन्वय गर्दै नेपाल फर्किएका उनी काठमाडौंबाट डुम्रेसम्म माइक्रोमा आएको जानकारी दिए । मधुमेह र… पुरा पढौ

हिजो राति अस्पताल भर्ना भएका संक्रमितको बिहान मृत्यु

गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको बिहान ५ बजे मृत्यु भएको छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा दीपक थापाले शुक्रबार राति गोरखा अस्पताल भर्ना भएका ती संक्रमित मधुमेह र निमोनियाका बिरामीसमेत भएको जानकारी दिए । अब गण्डकीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ पुगेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा… पुरा पढौ

वालुवाटारमा ओली–प्रचण्ड निर्णायक वार्ता

चरम विवादमा रहेको सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ । पार्टी एकतामै प्रश्नचिह्न उठेका बेला ओली र प्रचण्डबीच केही समयअघि निर्णायक वार्ता सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं