Author Archive

झरीमा प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन

देशका विभिन्न स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन भएका छन् । पोखरामा पनि शुक्रबार बिहान विद्यार्थी र युवाले ओलीको समर्थनमा प्रदर्शन गरे । वर्षाको परवाह नगरी प्रदर्शनमा उत्रिएकाहरुले भारतको विपक्षमा नारा लगाएका थिए। भारतको इशारामा ओलीलाई हटाउन खोजिएको भन्दै उनीहरुले ‘भारतीय दलाल होसियार’ भन्दै नारा लगाएका हुन् । सहभागीहरुल्े ‘देशको मुहार फेर्नु छ साथी पार्टीभन्दा राष्ट्रमाथि’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओलीले बिहीबार आफ्नो समर्थनमा… पुरा पढौ

लेखनाथ लायन्स अस्पताललाई ७० लाख अनुदान

गण्डकी सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ७० लाख ३४ हजार अनुदान दिएको छ । शुृक्रबार विहान भएको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार बैठकले विभिन्न ४ निर्णय गरेको छ । कोभिड १९ को उपचारका लागि प्रदेश सरकारले यो अस्पताल सञ्चालन गर्ने तयारी छ । अस्पतालमा भौतिक पूर्वाधार तयार गर्न, उपकरण किन्न र जनशक्ति थप गर्न अनुदान दिइएको प्रवक्ता बस्नेतले जानकारी दिए… पुरा पढौ

मध्यराति वडाध्यक्ष पक्राउ

भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथ पक्राउ परेका छन्। प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो। मदिरा सेवन गरी मध्यराराति महिलालाई दुर्व्यवहार गरेपछि वडाध्यक्षलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पुष्टि गरे । पुरा पढौ

गजल

छिटो गर्नुस् ठिक्क भाछ सरकार ढाल्ने बेलाराष्ट्रिय हितमा बोल्ने जति सबै फाल्ने बेला सीमा मिच्या कोरोना छ अझ फौजी किरा आयोयी सबैको अन्त्य गर्दै नयाँ काम थाल्ने बेला राजनीतिमा जति पनि गर्या थिए पापहरुजनताका दुःख हटाई सबै पखाल्ने बेला दुई तिहाई सरकार छ जे सोच्यो त्यो पुग्छदेश जन्ताको भाग्य खोज्न पाइला चाल्ने बेला देशभित्रका तमाम यस्ता वक्र रेखाहरुसोहोरेर रद्दीको त्यो टोकरीमा हाल्ने बेला बलात्कार आत्म हत्या चरम पुगेको छयो घडीमा… पुरा पढौ

हठात् संसद अधिवेशन अन्त्य, नेकपामा तरंग

मन्त्रीपरिषद्ले बिहीबार दिउँसो एक्कासी संसद अधिवेशन अन्त्य गर्न सिफारिस ग¥यो । त्यसको केही बेरमै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरिन् । यी घटनाक्रमले सत्तारुढ नेकपाभित्र जारी चरम संकटलाई प्रष्ट पार्छं । सभामुख, विपक्षी दल, पार्टी संसदीय दल र पार्टीभित्रै पनि छलफल नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । पार्टीको स्थायी समिति बैठकमा नआई मन्त्रीपरिषद् बैठक राखेर प्रधानमन्त्रीले यस्तो निणर्य गरेपछि अनेक अड्कलबाजीहरु भएका… पुरा पढौ

ईट्रान्सपोर्टेसन २ वर्षमा

नेपालको ढुवानी ब्यवसायलाई स्मार्ट बनाउन सुरु गरिएको ई(ट्रान्सपोर्टेसन सर्भिसले सेवाको एक वर्ष पूरा गरेको छ। इ ट्रान्सपोर्टेसनले ढुवानी व्यवस्थापन र ‘भेइकल ब्रेकडाउन सर्भिसु को सेवा दिँदै आएको छ। बेलायतमा आइटी ब्यवसाय गर्दै आएका सन्तोष मण्डलले एक बर्ष अगाडि मोबाइल एप मार्फत नेपालभर ढुवानी यातायात ब्यवस्थित गर्न र राजमार्गमा बिग्रिएका सवारीसाधनलाई तुरुन्त मर्मत सेवा दिने उद्देश्यले ई(ट्रान्सपोर्टेसन सर्भिस सुरु गरेका हुन्। पहिलो एक बर्षमा ४ हजार ५ सय ३६ ट्रक र… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको अन्तर्क्रिया

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले विश्व खेलकुद पत्रकार दिवसलाई कोभिड–१९ प्रभावबीच खेलकुद र पत्रकारिता विषयक अन्तक्र्रिया गरी मनाएको छ । पोखरामा बिहीबार आयोजित समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश विधायन समिति सभापति सांसद मोहन रेग्मीले राष्ट्रिय खेलकुद ऐन, २०७७ लागू भएसँगै खेलकुदमा नयाँ आयाम थपिएको बताए । उनले प्रदेशस्तरमा पनि विभिन्न ऐन निर्माण गर्नुपर्ने हुँदा मञ्चको सुझावलाई पनि मनन गरिने उल्लेख गरे । उनले खेलकुदको विकासमा खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका… पुरा पढौ

संक्रमणमुक्त भयो मनाङ, आइसोलेसन र क्वारेन्टाइन खाली

हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टाइन खाली भएको छ। कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ। मनाङमा भेटिएका एक मात्र सङ्क्रमित सोमबार निको भएर घर फर्किएसँगै यस जिल्लामा अन्य सङ्क्रमित फेला परेका छैनन्। कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अस्पताल मनाङको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए।… पुरा पढौ

कास्की जिल्ला फुटबल संघमाथि एन्फाको छानविन शुरु

कास्की जिल्ला फुटबल संघभित्र आर्थिक पारदर्शीता नभएपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले छानविन शुरु गरेको छ । छानविनको लागि तीन सदस्यीय टोली गठन गर्दै बुधबारदेखि छानविनको काम अघि बढाएको छ । बुधबार पहिलो दिन छानविन समितिले फुटबल संघका पदाधिकारी एवं सदस्यहरुसँग आवश्यक छलफल गर्दै समितिको बारेमा जानकारी दिई सहयोगको अपिल गरेको छ । एन्फाका उपाध्यक्ष विरबहादुर खड्काको संयोजकत्वमा गठित छानविन टोलीमा विष्णुप्रसाद पराजुली(चाटर्ड एकाउन्टेण्ट) र आनन्द रन्जित(पूर्व अध्यक्ष कास्की जिल्ला फुटबल… पुरा पढौ

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको आज बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरुलाई कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञासम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहदाअनुसारको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं