Author Archive

संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्न सकिन्छ ?

कोरोना संक्रमण नेपालका ७७ जिल्लामै पुगेको छ | कोरोना संक्रमणको त्रासले गर्दा हाम्रो दिनचर्या लथालिंग भएको छ | परीक्षणको दायरा निकै साँघुरो भएको हुँदा नेपालमा संक्रमितको संख्या कति छ भनेर यकिन गर्ने ठोस आधार छैन |अन्य देशको कोरोना संक्रमणसंग नेपालको अवस्था मिल्दो छैन | हालको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमणको मृत्युदर ०.२ % मात्र छ अर्थात संक्रमित १००० मा करिब २ जनाको मात्र मृत्यु भएको छ | यसलाई अझै विश्लेषण… पुरा पढौ

चिर्पटले हानी श्रीमानको हत्या

रुकुम, पूर्वमा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छिन् । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो । पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए । आज बिहानमात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको केसीले बताए । मृतक बिछोडको नाक, मुख… पुरा पढौ

तनहुँको चुँदीखोलामा डुबेर युवतीको मृत्यु

तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर आज एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु(याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए । पुरा पढौ

ओली ग्याङकाे अध्यक्ष भए : मातृका यादव

नेकपा स्थायी कमिटी सदस्य मातृका यादवले आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीको स्वभाव पार्टीमा ग्याङ चलाएर फरक मतलाई सिध्याउन खोज्ने भएको बताएका छन्। प्रधानमन्त्री ओलीले पार्टी नभई ’ग्याङ’ चलाउने गरेको उनले बताए। बुधबारको स्थायी कमिटी बैठकमा बोल्दै पूर्वमन्त्री यादवले अध्यक्ष प्रचण्डले फरक मतलाई बोक्ने गरे पनि अर्का अध्यक्ष ओलीले फरक मतलाई सिध्याउन खोज्ने गरेको आरोप लगाए। आफू केपी ओलीसँग लामो समयदेखि पार्टीमा आबद्ध नभएको भन्दै छोटो समय क्याबिनेट र पार्टीमा हुँदा… पुरा पढौ

स्वास्थ्यकर्मीमा संक्रमण भएपछि गाउँपालिका बन्द

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोभिड १९ पुष्टि भएपछि गाउँपालिका, वडा कार्यालय र बैंकसमेत बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले असार २१ गतेसम्म अर्थात् ५ दिन स्वास्थ्यचौकी बाहेक पालिकाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘ स्वास्थ्य शाखामा काम गर्ने १ कर्मचारीलाई पोजेटिभ देखियो । समुदायसम्म नपुगेर भनेर ५ दिनसम्मका लागि वडा कार्यालय, गाउँपालिका र बैंकहरु बन्द गर्ने निर्णय गरेका छौं… पुरा पढौ

कविता : मेरो गाउँ

पहाडले घेरिएको सुन्दर छ नि ठाउँपोखराको नजिकै छ मेरो सानो गाउँसफा हुन्छ हावा यहाँ, सफा छ नि पानीधेरै छन् मान्छेहरु, राम्रो छ है बानी । मन्दिर छन् धेरै यहाँ, रुख भएको ठाउँसबै जना रमाउने, रमाइलो गाउँसधै देख्न पाइन्छ नि सेतो, राम्रो हिमालरामघाट गाउँ अनि देश हो नि नेपाल । घरैबाट देख्छु मैले गुम्बा अनि काहूँसात तालको सहरमा सुन्दर मेरो गाउँजब हिमाल मुस्काउँछ, अल्छी पनि भाग्छसाच्चै मलाई मेरो गाउँ स्वर्ग जस्तो… पुरा पढौ

कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनस्थलको टुङ्गो अझै लागेन

कोभिड–१९ का कारण मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार पुनः आग्रह गरेको छ । यसअघि गत जेठ २८ र यही असार ५ गते पनि समितिले सोही अनुरोधसहित पत्र पठाएको… पुरा पढौ

गण्डकी प्रदेशमा २८ संक्रमित थपिए

गण्डकीमा बुधबार २८ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरी कुल २८ नयाँ संक्रमित थपिएका हुन् । नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् । गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना, कास्कीको पोखरा महानगरपालिकामा… पुरा पढौ

कास्की ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अनुगमन

कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुगमन गर्न सुरु गरिएको छ । उक्त क्षेत्रबाट निर्वाचित सांसद रामजीप्रसाद बराल (जीबन) र प्रदेश सांसद पुष्पा केसी भण्डारीको छनौटमा परेका केही योजनाको सोमबार देखि अनुगमन गर्न सुरु गरिएको हो । सोमबार ७ वटा योजनाको अनुगमन गरिएको अनुगमन समितिका संयोजक समेत रहेकी प्रदेश सांसद भण्डारीले बताइन्। उनका अनुसार पोखरा महानगरपालिका १९ मा दुई, कास्कीको माछापुच्छ«े गाउँपालिकाका विभिन्न वडाका… पुरा पढौ

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो। बढेकाे मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ। अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ। निगमका प्रवक्ता नितिन मणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं