गण्डकी प्रदेशमा २८ संक्रमित थपिए

गण्डकीमा बुधबार २८ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ ।

नवलपुरमा १२, गोरखामा ३, कास्कीमा १, स्याङ्जामा ८, बागलुङमा ३ र तनहूँमा १ जना गरी कुल २८ नयाँ संक्रमित थपिएका हुन् । नवलपुरको बुलिङटारमा २ पुरुष, गैंडाकोट ८ पुरुष र २ महिला गरी १२ संक्रमित थपिएका छन् ।

गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया महिला, बारपक सुलिकोटमा २ पुरुष गरी ३ जना, कास्कीको पोखरा महानगरपालिकामा १ पुरुष, स्याङ्जा वालिङमा एक पुरुष र एक महिला, पुतलीबजारमा एक पुरुष, भीरकोटमा ४ पुरुष एक महिला संक्रमित भएका छन् ।

बागलुङको काठेखोलामा एक महिला र बडिगाडमा २ महिला र तनहूँको शुक्लागण्डकीमा एक महिला संक्रमित थपिएका छन् ।