पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो। बढेकाे मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ।
अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पर्नेछ। निगमका प्रवक्ता नितिन मणि उपाध्यायका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे छ।




