Author Archive

असार १५ बारे २ गजल

१.गजल तिमी रोप्थ्यौ म साउथेँ छुट्टै पल थियो ।मिठो लाग्ने तिम्रो हातको चिसो जल थियो ।। त्यो क्षण सम्झना भो आज दुबै कता कता ?मेला छुट्ने बेला आँखा आँसु भल थियो ।। पाए माग्थेँ म त्यही बालापन जिन्दगीकोनपाइने समयको निर्मम छल थियो ।। गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछरसायनिक होइन छर्ने कम्पोस्ट मल थियो ।। हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कतिपोको पार्न मखमली तिम्रै सल थियो ।।… पुरा पढौ

पुष्पलाल : क्रान्तिका सतिसाल

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लाको भङ्गेरीमा बुवा भक्तलाल र आमा तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । पुष्पलालका एक दाजु गङ्गालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन् । पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो । वि.सं. १९९७ माघ महिनामा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली… पुरा पढौ

असारे गीत

नआऊ यता बिउको पाँजो मुठीमा च्यापेरसुकिलो जीउ मैल्याइदिम्ला धमिलाे छ्यापेर चिटिक्क पहिरन लगाई खेतमा नआऊ जिस्किनआइसकेपछि यत्तिकै सद्दे पाउँदिनौ निस्किनबाउसेलाई भेट्न रोपारे बन्ने बहाना बनाउँछ्यौपर्ख न अब हिलोमा गड्छ्यौ असार मनाउँछ्यौ खेतमा आउँदा यत्तिमा राम्रो पैह्रन नलाऊमुटुमा चस्स चिमोट्ने गरी देखिन नआऊत्यो सफ्फा ज्यानमा हिलोका छिटा परेको सुहाउन्नमजस्ता सित तिमीले ठट्टा गरेको सुहाउन्न भो त्यतै बस नआऊ यता म आफै अाउँछुअसारे गीत तिमी´नि गाऊ म पनि गाउँछुहिलो र रोपो राखेर… पुरा पढौ

‘होटल सञ्चालकलाई हतोत्साहित नपारौं’

बागलुङ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले कोरोना कहरमा होटलहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिइएको विषयलाई लिएर अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । संघका अध्यक्ष निलेश राजभण्डारीले आइतबार विज्ञप्ति निकालेर सदरमुकामका केही होटललाई क्वारेन्टिन बनाइए पनि समाजमा अनेक हल्ला व्यप्त भएकाले संस्थाको ध्यानकार्षण भएको जनाएका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेका मापदण्ड बमोजिम क्वारेन्टिन सञ्चालन गरिएको उल्लेख गर्दै होटल व्यवसायीलाई संक्रमण भएको, समाजमा अरुलाई जोखिम भएको… पुरा पढौ

काठमाडौंंमा कोरोना संक्रमण किन कम देखियो ?

काठमाडौं उपत्याकामा कोरोना संक्रमितको संख्या एकदम कम देखिएको छ | विश्वका अन्य सहरको अवस्थाभन्दा काठमाडौंको किन फरक छ ? भन्ने आम जिज्ञासा छ | काठमाडौं उपत्याका बाहिरबाट भित्रिनेको संख्या बढिरहेको छ | यस्तो अवस्थामा पनि काठमाडौं शान्त रहेको छ | राज्यले पनि काठमाडौंमा सर्भे तथा परीक्षण गर्ने उत्सुकता देखाएको छैन | मेरो बिचारमा काठमाडौंमा संक्रमण कम हुनुका केहि कारण यस्ता छन् – १. काठमाडौंको जनसंख्या बढी नै सतर्क हुने मनोवृत्तिको… पुरा पढौ

‘राष्ट्रघाती एमसिसी चाहिँदैन’

पोखरा आइतबरा भएको शान्तिपूर्ण धर्नाका सहभागीले एमसिसी राष्ट्रघाती भएकाले यसको आवश्यकता नभएको औंल्याएका छन् । सङ्गम सांस्कृतिक मञ्च नेपालको अगुवाइमा पृथ्वीचोकमा उनीहरुले बिरोध स्वरुप शान्तिपूर्ण धर्नासमेत दिए । धर्नामा एमसिसी खारेर अभियान, संयुक्त देशभक्त मोर्चा, क्लेम द बोर्डर लगायतका संस्थाको संलग्नतामा कार्यक्रम भएको हो । कार्यक्रममा सङ्गम सास्कृतिक मञ्चका कलाकारहरु रोशन लामा, आर्यन थापा, कमला श्रेष्ठ, सुरज उपाध्याय, बिकास लुङ्गेली, काजी गाउले, आदर्श मगरसहितको टोलीले स्ट्रगल रानाको शब्दमा रहेको गीत… पुरा पढौ

सर्वोत्कृष्ट खेलाडीलाई सहाराले दियो स्कुटर

प्रतियोगिता सकिएको तीन महिनापछि १८ औं आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल नेपाल पुलिस क्लबका खेलाडी अजित भण्डारीले स्कुटर प्राप्त गरेका छन् । आईतबार मात्रै उनले पुरस्कारस्वरुप एफ्रिला स्कुटर प्राप्त गरेका हुन् । भण्डारीलाई सिताज् लाईफ स्टाल अधिकृत विक्रेता एफ्रिला स्कुटरका प्रबन्धक आशिष श्रेष्ठबाट स्कुटरको चावी हस्तान्तरण गरे । साथमा सहारा क्लब पोखारा पुर्व अध्यक्ष विक्रम थकाली र अध्यक्ष केशबबहादुर थापाका्े उपस्थिति रहेको थियो ।kheladinews.com पुरा पढौ

लघुकथा : नेता

नेताजी असाध्यै व्यस्त देखिन्छन्, प्राय: नेताहरु व्यस्त नै हुन्छन् । रोग भोक केही भन्न नपाउने, कसैले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको लागि बोलाहट आएको हुन्छ, बोलाएको ठाउँमा `भ्याउँदिनँ´ भन्न सक्ने आँट पनि छैन र `हुन्छ´ भनिदिन्छन् । हस्याङफस्याङ गर्दै पुग्छन्, समय माग्छन्, भाषण ठोक्छन्, अनि अर्को कार्यक्रममा जान हतारिन्छन् । केही समय पहिला विभिन्न सङ्घ संस्थाका व्यक्तिहरूले लकडाउनबाट प्रभावित भएर रोजी-रोटी गुमाएकाहरूलाई ठाउँ ठाउँबाट राहत वितरणको लागि पनि सम्झन्थे, बोलाएको… पुरा पढौ

नेपाली क्रान्तिका युगपुरुष

नेपाली कम्युनिस्ट आन्दोलनका नवीन बिचारक,सिद्धान्तकार,नेपाली भूगोलका कार्लमाक्स जनताको बहुदलीय जनवादका प्रतिपादक ,सबै नेपाली जनसमुदायका बराबर र प्यारा नेता मदन भण्डारीको जन्म बि.स.२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाघुमा भएको थियो । नेपालको पूर्वी क्षेत्रमा रहेकोे ताप्लेजुङ र ढुङ्गेसाघुमा बुवा देबीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीको माइला छोराको रूपमा मदन भण्डारीको जन्म भएको हो। वहाँको बुवालाई गाउँ लेहरुले सुब्बाको मान दिएका थिए। जसले गर्दा वहाँको बाल्यकाल राम्रो वातावरणमा बित्यो। २०१५ सालमा गाउँकै… पुरा पढौ

आगामी बजेट कार्यान्यन र मौद्रिक नीतिमाथि छलफल

बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआइसी रिसर्च ल्याबले शनिबार नेपालको २०७७्र७८ को बजेट र यसको कार्यन्वयनका लागि आवश्यक मौद्रिक नीतिबारे छलफल आयोजना गरेको छ । जुम सफ्टवेयरको माध्यमबाट भएको छलफलमा नेपाल राष्ट्र बैँकका वरिष्ठ अर्थशास्त्री नरबहादुर थापा, साउथ एसियन ईन्स्टिट्युट फर पोलिसी एनालाइसिस एण्ड लिडरशिपका निर्देशक डा दधी अधिकारी, चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजू भरतपुर चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितवन एशोशिएशन अफ इन्डस्ट्रिज भरतपुरका उपाध्यक्ष युगराज ओस्ती र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं