आगामी बजेट कार्यान्यन र मौद्रिक नीतिमाथि छलफल


बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको बिआइसी रिसर्च ल्याबले शनिबार नेपालको २०७७्र७८ को बजेट र यसको कार्यन्वयनका लागि आवश्यक मौद्रिक नीतिबारे छलफल आयोजना गरेको छ ।

जुम सफ्टवेयरको माध्यमबाट भएको छलफलमा नेपाल राष्ट्र बैँकका वरिष्ठ अर्थशास्त्री नरबहादुर थापा, साउथ एसियन ईन्स्टिट्युट फर पोलिसी एनालाइसिस एण्ड लिडरशिपका निर्देशक डा दधी अधिकारी, चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजू भरतपुर चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, चितवन एशोशिएशन अफ इन्डस्ट्रिज भरतपुरका उपाध्यक्ष युगराज ओस्ती र नयाँ पत्रिका राष्ट्रिय दैनिकका जनार्दन बराल सहभागी थिए ।

सहजकर्ताको भूमिका बोस्टन इन्टरनेसनल कलेजका संकाय सदस्य लीलाराज लोहनी र रिसर्च ल्याब संयोजक सुमिना प्रधानले निर्वाह गरेका थिए ।

बोस्टन ईन्टरनेशनल कलेज एन्ड रिसर्च ल्याबकी सदस्य मनिषा तिवारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । उनले जुम सफ्टवेयर प्रयोगका तरिकाबारे सहभागीलाई जानकारी दिएकी थिइन् ।

सहजकर्ता लीलाराज लोहनीले देशको अहिलेको अवस्था अवगत गराउँदै अर्थव्यवस्थाका तथ्यांक प्रस्तुत गरेका थिए । ७ प्रतिशत आर्थिक वृद्धि अहिलेको अवस्थामा सम्भाव नरहेको प्रष्ट पार्दै उनले भने, ‘यसको प्रमुख कारण आर्थिक गतिबिधिमा कमी आउनुका साथै कृषिमा नयाँ योजना नआउनु हो ।’ धेरै महत्वकांक्षी योजनाहरु बजेटमा समावेश भए पनि यो अवस्थामा कार्यान्वयन सम्भव नरहेको उनले औंल्याए ।

उनले आइएमएफ र एशियाली बिकास बैँकले नेपाल सरकारलाई दिएको सहयोग रकम करिब ५६ अर्ब तत्काल स्वास्थ्य, साना तथा माझौला उद्योगलाई सहयोग दिनुपर्ने धारणा राखे । नेपाल राष्ट्र बैंक र सरकारले राहत दिन नसकेको अवस्थामा बैँकहरुले सर्वसाधारणले जम्मा गरेको निक्षेपको व्याज दर २ प्रतिशत घटाइ ठूला उद्योगलाई २ प्रतिशत कम व्याजमा लगानी गर्नु सरकारको कमजोरी भएको जिकिर गरे ।

साउथ एसियन ईन्स्टिट्युट फर पोलिसी एनालाइसिस एण्ड लिडरशिपका निर्देशक डा दधी अधिकारीले विगतमा सरकारले विकासमा खर्च गर्न नसकेको तथ्य प्रस्तुत गर्दै अब धेरैभन्दा धेरै खर्च गरेर रोजगारीका अवसर बढाउनुपर्ने सुझाव दिए । स्थानीय सरकारलाई अधिकार सम्पन्न गराउने र स्थानीय स्तरमा रोजगारी बढाउन बाटोघाटो बनाउने, खानेपानीको पहुँच बढाउने र धेरैभन्दा धेरै रोजगारी बढाउने योजना लिएर आएमात्र देशमा रोजगारी बढ्ने र आर्थिक अवस्था पनि बलियो हुने उनको विश्वास छ ।

ूचितवन एशोशिएशन अफ इन्डस्ट्रिज भरतपुर चितवनका उपाध्यक्ष युगराज ओस्तीले काम नचल्दा श्रमिक खाली बस्नु परेको र आफूहरुले सक्दो सहयोग गर्दा पनि उनीहरुको जीविकोपार्जनमा अप्ठ्यारो भएको बताए । सरकारले दिएको राहत पनि क्षणिक भएको उनको भनाइ छ ।

चेम्बर आफ कमर्श एन्ड इन्डस्ट्रिज भरतपुर चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले आगामी बजेटले केही आशा देखाएको तर ढुक्क चाँहि नभएको जनाए । कर्जा सहजीकरणलाई बजेटले सम्बोधन नगरेको भए पनि मौद्रिक नीतिमा यसलाई समेट्ने कुरामा आफू आशावादी रहेको उनले सुनाए ।

नयाँ पत्रिका राष्ट्रिय दैनिकका अर्थतन्त्री जनार्दन बरालले सरकारको शेयर बजारप्रतिको दृष्टिकोण सकारात्मक नभएको जनाए । शेयर बजार डिजिटल भएको हुँदा धेरै भिडभाड नहुने र यो अवस्थामा सजिलै कारोबार गर्न सकिने हुँदा अब शेयर बजारको कारोबार सुचारु गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘विश्व शेयर बजारमा सकारात्मक संकत देखिएको बेला नेपालमा बन्द गर्नु औचित्य छैन ।’

बोस्टन कलेज र समुदायबाट ४५ जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रम बिआइसी एण्ड रिसर्च ल्याबको फेसबुक पेजबाट लाइभ गरिएको थियो ।

बिआइसी एन्ड रिसर्च ल्याबकी सदस्य अन्जना अधिकारीले कार्यक्रममा योगदान गर्ने सबैलाई धन्यवाद दिइन् । बिआईसी एण्ड रिसर्च ल्याब बोस्टन कलेजले विद्यार्थीको अनुसन्धान गर्ने क्षमता तथा स्किल बढाउन स्थापना गरेको छुट्टै विभाग हो।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं