हठात् संसद अधिवेशन अन्त्य, नेकपामा तरंग

मन्त्रीपरिषद्ले बिहीबार दिउँसो एक्कासी संसद अधिवेशन अन्त्य गर्न सिफारिस ग¥यो । त्यसको केही बेरमै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरिन् ।

यी घटनाक्रमले सत्तारुढ नेकपाभित्र जारी चरम संकटलाई प्रष्ट पार्छं । सभामुख, विपक्षी दल, पार्टी संसदीय दल र पार्टीभित्रै पनि छलफल नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् ।

पार्टीको स्थायी समिति बैठकमा नआई मन्त्रीपरिषद् बैठक राखेर प्रधानमन्त्रीले यस्तो निणर्य गरेपछि अनेक अड्कलबाजीहरु भएका छन् । प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरी पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याउने चर्चा चलेको छ ।

स्थायी समिति बैठकमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा माग भएपछि ओलीले यस्तो कदम चालेका हुन् । नेकपा स्थायी कमिटी बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।