गजल

छिटो गर्नुस् ठिक्क भाछ सरकार ढाल्ने बेला
राष्ट्रिय हितमा बोल्ने जति सबै फाल्ने बेला

सीमा मिच्या कोरोना छ अझ फौजी किरा आयो
यी सबैको अन्त्य गर्दै नयाँ काम थाल्ने बेला

राजनीतिमा जति पनि गर्या थिए पापहरु
जनताका दुःख हटाई सबै पखाल्ने बेला

दुई तिहाई सरकार छ जे सोच्यो त्यो पुग्छ
देश जन्ताको भाग्य खोज्न पाइला चाल्ने बेला

देशभित्रका तमाम यस्ता वक्र रेखाहरु
सोहोरेर रद्दीको त्यो टोकरीमा हाल्ने बेला

बलात्कार आत्म हत्या चरम पुगेको छ
यो घडीमा जनतामा ज्ञानदीप बाल्ने बेला

सबै नेता विजेता सांसद मन्त्री एक भई
सङ्कटको यस घडीमा जनता पाल्ने बेला