Author Archive

होमस्टेको पिढींमा वृद्धा मृत फेला

सोमबार बिहान बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकमा एक वृद्धा मृत फेला परेकी छिन् । घरदेखि करिब १० मिनेट पैदल दूरीमा पर्ने बन्दै गरेको होमस्टेको पिँढीमा ६०/६२ वर्षकी लाली बुढा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

कुलमान घिसिङलाई पितृशोक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङकाे ९६ वर्षको उमेरमा निधन भएको छ । उनको गए राति निधन भएकाे हो । स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ । पुरा पढौ

तनहुँमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण शुरु

 पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा चार्जिङ स्टेशन निर्माण शुरु भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्यसहित डुम्रेमा चार्जिङ स्टेशन बनाउन लागिएको हो । सार्वजनिक निजी साझेदारीको आधारमा डुम्रेस्थित कुवेर आयल स्टोर्समा चार्जिङ स्टेशन निर्माण शुरु भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । चार्जिङ स्टेशनका लागि वन कार्यालयले रु पाँच लाख अनुदान सहयोग गरेको छ । वन तथा वातावरण… पुरा पढौ

आँप दिने प्रलोभन देखाएर बालिका बलात्कारपछि हत्या गर्ने पक्राउ

जनकपुर उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कन्चन पञ्जियारको बलात्कारपछि हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले हत्या आरोपमा भारतको उत्तर प्रदेशका ३२ वर्षीय दीप सिंहलाई पक्राउ गरेको जनाएको छ । सोमबार सार्वजनिक गरिएका सिंहले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । भैसी चराउन गएकी ती बालिकालाई सिंहले आँप दिने प्रलोभन देखाएर बलात्कार गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । बलात्कारपछि पोल खुल्ने… पुरा पढौ

पोखरेली आकाशमा सैनिक अभ्यास

सोमबार पोखरेली आकाशमा जारी सैनिक अभ्यास ।तस्बिर : सुनिल पाण्डे पुरा पढौ

बालबालिका स्थितिपत्र सार्वजनिक

पोखरा महानगरपालिका वडा नम्बर ९ मा भएका बालबालिकाको अवस्था समेटिएको पुस्तक बालबालिका स्थितिपत्र विमोचन गरिएको छ । बालमैत्री स्थानीय शासन वडा समन्वय समिति वडा नम्बर ९ ले प्रकाशन गरेको पुस्तकको पोखरा महानगरपालिका प्रमुख मानबहाुदर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले सोमबार विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले प्रत्येक अभिभावकले आफ्नो घरमा बालमैत्री वातावरण बनाउनु पर्ने बताए । उनले अभिभावकको आनीबानी,… पुरा पढौ

केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान

युवा तथा खेलकुद मन्त्रालयले पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । पाठक साढे २ दशकदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन् । संघीय मन्त्रालय अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले आफूलाई पुरस्कार लागि योग्य ठह¥याएकोमा आफूलाई खुसी लागेको भन्दै यो उनले यो सम्मान समग्र पोखरा क्षेत्रको सम्मान भएको पाठकले बताए । काठमाडौंमा सोमबार दिउँसो सिहंदबारस्थित मन्त्रालयमा आयोजित समारोहमा पत्रकार पाठकसहित देशभरका ४ जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम… पुरा पढौ

फेरि फेसबुक लाइभ गरेर आत्महत्या

चितवनमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी छिन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले यसरी आत्महत्या गरेकी हुन् । प्रहरी निरीक्षक सुभास भट्टले भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको बताए । यसअघि दाङमा पनि यस्तै घटना भएको थियो । पुरा पढौ

बागलुङका मृतकको शव व्यवस्थापन

आइतबार बिहान मृत्यु भएका बागलुङको निसीखोला गाउँपालिका–२ देविस्थानका २९ बर्षिय युवाको शव व्यवस्थापन गरिएको छ । नेपाली सेनाले ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका ती युवाको शव ढोरपाटन नगरपालिका–४ को जमुनाघाटमा व्यवस्थापन गरिएको हो । गण्डकीमा कोरोनाबाट मृत्यु भएकामध्ये शव व्यवस्थापनमा अवरोध नभएको आइतबारमात्र हो । यसअघि पोखरा र गोरखामा मृत्यु भएका ३ जनाको शव व्यवस्थापनमा अवरोध भएको थियो । बागलुङका मृतकको शवलाई स्काभेटरमा राखेर घाटसम्म पु¥याईएको थियो । लकडाउन… पुरा पढौ

सिस्टम ह्याक र ब्याज आफ्नो खातामा राख्ने बैंक प्रबन्धकलाई मुद्दा

नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उनले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने गरेको अख्तियारको दाबी छ । उनले नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैकिङ्ग सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी उनलाई व्यक्तिगत रुपमा प्रदान गरिएको टेलर आइडी दुरुपयोग गरेको अख्तियारको दाबी छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं