नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
उनले बैंकको सिस्टम ह्रयाक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने गरेको अख्तियारको दाबी छ । उनले नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैकिङ्ग सिष्टमअन्तर्गत प्रयोग गर्ने गरी उनलाई व्यक्तिगत रुपमा प्रदान गरिएको टेलर आइडी दुरुपयोग गरेको अख्तियारको दाबी छ ।
कोइरालाले नेपाल बैंक लिमिटेडको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा रहेका हिसाब अनधिकृत रुपमा खर्च गरी ५४ लाख ८४ हजार ४५ रुपैयाँ अनियमितता गरेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।




