सोमबार बिहान बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकमा एक वृद्धा मृत फेला परेकी छिन् ।
घरदेखि करिब १० मिनेट पैदल दूरीमा पर्ने बन्दै गरेको होमस्टेको पिँढीमा ६०/६२ वर्षकी लाली बुढा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।




