वालुवाटारमा ओली–प्रचण्ड निर्णायक वार्ता

चरम विवादमा रहेको सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ ।

पार्टी एकतामै प्रश्नचिह्न उठेका बेला ओली र प्रचण्डबीच केही समयअघि निर्णायक वार्ता सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी छन् ।