Author Archive

‘मौलिक हक माग्ने अनसनकारीलाई धरपकड निन्दनीय’

नेपालको चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसी अहिले १९ औं पटक अनसनरत छन् । जुम्लाबाट अनसन थालेका उनलाई काठमाडौं ल्याएपछि सरकारले उपचारकै क्रममा धरपकड गरेपछि त्यसको सर्वत्र निन्दा भएको छ । राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले नेपालको संविधानको मौलिक हक माग्ने अनसनकारीमाथि धरपकड हुनु लज्जास्पद भएको जनाएको छ । आइतबार विज्ञप्ति निकालेर संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीले भनेका छन्, संविधानमै प्रत्याभूत स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न नागरिकले अनसन बस्नुपर्ने… पुरा पढौ

कोरोनाले लियो करिब १० लाखको ज्यान

कोरोना भाइरसका कारण विश्वमा ३ करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार ८ सय ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकमा ३ करोड ३० लाख ६२ हजार पुगेको छ । ती संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा थप… पुरा पढौ

यौन हिंसा आरोप लागेका प्रश्रितसँगै पुरस्कार लिन सक्दिनँ : उप्रेती

साहित्यकार सञ्जीव उप्रेतीले अर्का साहित्यकार मोदनाथ प्रश्रितसँगै मञ्चमा बसेर पुरस्कार लिन नसक्ने बताएका छन् । हालै उप्रेतीलाई पद्यश्री पुरस्कार र प्रश्रितलाई पद्यश्री साधना सम्मान गर्ने घोषणा भएको थियो । उप्रेतीले भनेका छन्, ‘यौन हिंसाको आरोपमा पर्नुभएका लेखकसँगै बसेर एउटै मञ्चबाट पुरस्कार लिन मलाई गाह्रो पर्छ । पुस्तककै माध्यमबाट मोदनाथ पश्रितलाई शारदा भुषालले लगाएको आरोप अझै रहिरहेकाले पुरस्कारसँग मेरो विमत्ति रहेको हो ।’ खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ को पद्मश्री… पुरा पढौ

कोलेस्ट्रोल बढी हुँदा पक्षघात, हृदयघातसमेत हुन सक्छ

यो लेखमा म शरीरमा डिसलिपिडिमिया अर्थात् शरीरमा कोलस्ट्रोल बढ्नाले के के हुन्छ ? त्यसका लक्षण के के हुन् ? र यसका उपचार विधि केके छन् भन्ने विषयमा प्रकाश पार्छु । सामान्यतया कोलस्ट्रोल हाम्रो शरीरका लागि अत्यावश्यक तत्व हो । शरीर संरचनाका लागि, शरीरका अंगको लागि, अंग विकासका लागि, हर्माेन विकास लागि र खाना पाचन गर्ने पित्त जुसका लागि नभई नहुने तत्व हो । कोलस्ट्रोल शरीरलाई चाहिन्छ । यो सिमित मात्रामा… पुरा पढौ

चाडपर्वमा संक्रमणको डर, फेरि लकडाउन हुन सक्ने

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुनः लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको छ। यसको सङ्केत मन्त्रालयले तीन दिनअघि गरेको नियमित प्रेस ब्रीफिङमा दिइसकेको छ। दशैं, तिहार तथा छठ मुखमै आएको बेला महामारीका कारण फेरि लकडाउन भएर फेरि असजिलो हुने हो कि हो कि भन्ने आशङ्का धेरैमा छ। “धेरैको चासो यतिखेर दशैं,… पुरा पढौ

कोरोना संक्रमित सैनिकको छाउनी अस्पतालमा मृत्यु

वीरेन्द्र अस्पताल छाउनीमा उपचारका क्रममा एक कोरोना संक्रमित सैनिकको मृत्यु भएको छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत ती सैनिक जवानको असोज ९ गते मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको हो। उनमा असोज ८ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो। उनलाई छारे रोगको लक्षण देखिएपछि आकस्मिक रुपमा आइसीयुमा भर्ना गरी उपचार गरिएको थियो । हालसम्म नेपाली सेनामा २ हजार १ सय ९७ जना संक्रमित छन् भने ५ सय ३९… पुरा पढौ

लघुकथा : कलीको प्रभाव

नाईन्टिन फाउन्टिनमा तक्मे बुढाले फेसबुक एकाउन्ट खोलेपछि आफ्नी अर्धाङ्गिनी फूलमायालाई पनि एकाउन्ट खोलिदियो। पवित्र माया प्रेममा बाँधिएका यी जोडी आफैमा गर्व गर्थे। कहिल्यै एकले अर्काको कुरामा अटेर गर्दैनथे । एक दिन तक्मेबुढाले भन्यो, ‘हौ फूलमाया अनि त हामी दुई जना चट्ट परेको तस्बिर फेसबुकमा राखे कस्तो हुन्छ ?’भो नराखुम बुढा यस्तो राम्रो हाम्रो माया पिरिम किन पो अरुलाई देखाउनु परो र ?आईले भने ठीक कुरा गर्‍यौ होई फूलु। तर पनि… पुरा पढौ

कबिता : असाध्यै मन पर्छ

यो शरदका मौसमउज्याला मुहारहरु,रातो माटो र कमरोलेचिटिक्क परेका घररंगीबिरंगी लुगामामुस्कुराएका बालबच्चारोटे पिंग र लिंगें पिंगमाप्रफुल्ल मनहरु वाहकति मनमोहक ?बिदेशी कामदारहरुस्वदेश फर्किए पछिकोलाहुरेको घरअनिसयपत्री मखमलीगर्भवती भएको मौसममलाई असाध्यै मन पर्छ । तरेली र फाँटहरुमाझुलिरहेका धानका बालाहरु पनिलाग्छ मेरो आगमनमामेरो स्वागतलाई शीर निउराई रहेका छन्आलीका मास -भटमास पनिखुशीले फुरङ्ग छन् हाम्रो मिलनमासुन्तला,कागती नीबू पनिमेरो स्वागतमा लटारम्ब फलेरशीर निहुराई रहेका छन्यी सबैसंगको मिलनमलाई असाध्यै मन पर्छ ७५काटेका बृध्दबृध्दा पनिप्रफुल्ल देखिन्छन्सन्तानको आगमनमाआफ्ना अनेकौं पीड़ा… पुरा पढौ

करणीको आरोपमा गाउँपालिका अध्यक्ष थुनामा

जबरजस्ती करणीको अभियोगमा रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले शुक्रबार यो आदेश गरेको हो । गाउँपालिकामै कार्यरत एक स्वास्थ्यकर्मीले खड्काले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । पुरा पढौ

पहिरोमा पुरिएका ३ को शव भेटियो

पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ३ महिलाको शव भेटिएको छ । पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, ८ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए । पहिरोले घर पुरिँदा बेपत्ता भएका अन्य २ जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं