यौन हिंसा आरोप लागेका प्रश्रितसँगै पुरस्कार लिन सक्दिनँ : उप्रेती

साहित्यकार सञ्जीव उप्रेतीले अर्का साहित्यकार मोदनाथ प्रश्रितसँगै मञ्चमा बसेर पुरस्कार लिन नसक्ने बताएका छन् । हालै उप्रेतीलाई पद्यश्री पुरस्कार र प्रश्रितलाई पद्यश्री साधना सम्मान गर्ने घोषणा भएको थियो ।

उप्रेतीले भनेका छन्, ‘यौन हिंसाको आरोपमा पर्नुभएका लेखकसँगै बसेर एउटै मञ्चबाट पुरस्कार लिन मलाई गाह्रो पर्छ । पुस्तककै माध्यमबाट मोदनाथ पश्रितलाई शारदा भुषालले लगाएको आरोप अझै रहिरहेकाले पुरस्कारसँग मेरो विमत्ति रहेको हो ।’

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ को पद्मश्री पुरस्कार उप्रेतीको हंस उपन्यासलाई दिने निर्णय गरेको छ । आयोजकलाई आफ्नो दृष्टिकोण पठाएको जानकारी दिँदै उनले आयोजकको जवाफपछि पुरस्कार लिने वा नलिने व्यक्तिगत निर्णय गर्ने जानकारी दिए ।

शारदा भुषाल झाको स्टाटस

जीवा लामीछाने हाम्राे समाजकाे चिरपरिचित नाम हाे । म पनि उहाँलाइ राम्राे संग चिन्दछु । उहाँकाे र मेराे भेट October 18, 20013 मा काठमाडाैकाे साेल्टी हाेटलमा WOMEN FOR WOMEN नामक कार्यक्रममा सहभागिताकाे क्रममा परिचय भएकाे थियाे । उहाँ सम्मानयाेग्य सम्मानित व्यक्ति हुनुहुन्छ ।

अाज एका बिहानै विश्वासिलाे व्यक्तिकाे ट्याग अायाे मैले हेरें अनि छागाँबाट खस्या जस्ताे भएँ । एक छिन रन्थनिएँ । निकै दुखी भएँ । मैले नसाेंचेकाे नचिताएकाे कुरा लेखिएकाे थियाे त्याे स्टाटसमा ।

बलत्कारीलाइ पद्ममश्री साहित्य सम्मान पुरस्कार त्याे पनि जीवा लामिछाने अध्यक्ष भएकाे संस्था बाट ? मलाइ विश्वास लागि रहेकाे थिएन । तर अमृता दिदिले लेख्नु भएकाे स्टाटस गलत हुने त अझै कुरै भएन । अनि मैले बल्ल फेसवुक तिर नजर दाैडाएँ अनि थाहा पाएँ । भक्कानाे छुट्याे अथाह पिडा भयाे । मन धेरै दुखी पनि भयाे ।

छाेरी हेला त छँदैथियाे तर बाअामाकाे क्रुर व्यवहारकाे नतिजा १३ वर्षमा बलत्कृत हुनु परेकाे पिडा कसले बुझिदिने ? बलत्कारीलाइ सम्मान गरेर सामाजिक न्याय र पढेलेखेका शिक्षित वर्ग माथी प्रश्न चिन्ह लागेकाे अनुभुति भइरहेकाे छ ।