Author Archive

सर्वोच्चद्वारा संसद् विघटनमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रति पनि मागेको छ । यस्तै यो विवादको निरुपणका लागि सर्वोच्च बारबाट एमिकस क्युरी झिकाउने पनि निर्णय भएको छ । शुक्रबार रिट निवेदक तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा राखेका थिए । अधिवक्ता सन्तोष भण्डारीले संसद… पुरा पढौ

आज बेलुका मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुका मन्त्रिपरिषद् बैठक बोलाएका छन् । वालुवाटारमा बेलुका ६ बजे बस्ने बैठकले मन्त्रिपरिषद विस्तार गर्ने जनाइएको छ । पुस ६ गते सात मन्त्रीले संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बिहीबार बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब मन्त्रिपरिदषद विस्तार गरिने बताएका थिए । पुरा पढौ

स्थानीय उत्पादन प्रबद्र्धनमा युवाको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानीय उत्पादन प्रबद्र्धन तथा बजारिकरणमा युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाली उत्पादनको बजारीकरणका लागि स्थापित पोखरा फार्मर्स टे«डर्सको बिहीबार उद्घाटन गर्दै अध्यक्ष ढकालले स्थानीय उत्पादनले बजार पाउन सके नेपालको ग्रामीण क्षेत्रको विकास तिब्र गतिमा हुनेमा जोड दिए । डोकोमार्ट अनलाइनको पहिलो भौतिक स्टोरका रुपमा शुरु गरिएको यो स्टोरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डोकोमार्टका अध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपाली अर्थतन्त्रलाई बलियो बनाउने अभियानमा… पुरा पढौ

पोखरा महानगरको प्रथम चौमासिक समीक्षा बैठक

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वडाहरुले खेप्दै आएको आर्थिक व्यवस्थापनको समस्या केहि दिनभित्रै समाधान हुने बताएका छन् । महालेखा परीक्षकको कार्यालय र राष्ट्र बैंकले महानगरका वडाहरुमा खाता सन्चालनको अनुमति दिइसकेकाले विगतको जस्तो समस्या नहुने मेयर जिसीले बताए । बिहीबार महानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मेयर जिसीले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयहरुका समस्या समाधान गर्ने कार्यमा आफू लागिपरेको बताए । उनले शुसासनको प्रत्याभूत… पुरा पढौ

सरुवा रोग अस्पतालले पायो कार्यकारी अधिकृत

गण्डकी प्रदेश सरकारले पोखरा ३० को महोरियामा स्थापना गरेको संक्रमण तथा सरुवा रोग अस्पतालमा पहिलो कार्यकारी अधिकृतका रुपमा डा. विकास गौचनले पदभार ग्रहण गरेका छन् । गत साउनमा गण्डकी प्रदेश सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश स्तरीय सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने निर्णय अनुसार लामो समयको अन्तराल पछि गौचनले बिहीबार कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. त्रिभुवन पौडेलले अस्पतालको सम्पूर्ण जिम्वेवारी समाल्दै आएका… पुरा पढौ

कसलाई कसरी चिन्ने ?

अब ओलीलाई चिनाइरहनु पर्ने भएन । संसारभर भएका प्रतिक्रियावादी फासिवादी तानाशाहका नेपाली प्रतिनिधिका रूपमा स्थापित भैसके । गणतन्त्र, धर्मनिर्पेक्षता उनको एजेण्डामा नै थिएनन् । अब पनि यदि आफुलाई अब्ठ्यारो प-यो भने संबैधानिक राजतन्त्र र हिन्दुराज्यको नारामा नजालान् भन्न सकिँदैन । उनले देशलाई पाश्चागमनमा लैजाने कुरामा जुनसुकै कदम चाल्न सक्छन् । अर्का राजनीतिक खेलाडी प्रचण्डले नयाँ जनबादी गणतन्त्रका लागि जनयुध्दको नेतृत्व गरे । अहिले देखिने गरि दलालपुँजीवादको एक नम्वर एजेण्ड बनेका… पुरा पढौ

बादलका राजनीतिक सल्लाहकार पथिक पनि प्रचण्ड पक्षमा

नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’का राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदी‘ पथिक’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा उभिएका छन्। पूर्वमाओवादी पृष्ठभूमिका बादल अर्का अध्यक्ष केपी ओलीतिर गएपछि पथिकले उनलाई छाडेका हुन् । ‘पथिक कमरेड प्रचण्ड–नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुनुहुन्छ। बादल कमरेड उपस्थित हुनुहुन्न’ प्रचण्ड सचिवालय स्रोतले भन्यो ‘अब बादलसँग कुनै केन्द्रीय सदस्य नजाने भए। उहाँ मात्रै जाने हुनुभयो ।’ ओली नेकपामा दोस्रो वरियता पाउने भएपछि बादलले… पुरा पढौ

बादल केपी नेकपाको ‘सेकेन्ड म्यान’ बन्ने संकेत

नेकपा नेता एवं गृहमन्त्री रामबहादर थापा बादल ओली समूह जाने करिब निश्चित भएको छ । ठूलै घटनाक्रम परिवर्तन नभए उनी ओली नेकपाको दोस्रो वरियतामा रहने गरी वरिष्ठ उपाध्यक्ष बन्ने छन् । नेकपा विभाजन हुन लागेपछि प्रचण्ड नेपाल समूहका मन्त्रीहरुले सामूहिक राजीनामा दिँदा पनि बादलले राजीनामा दिएका थिएनन् । प्रधानमन्त्री ओली निकट स्रोतले चाडै खुल्ने दाबी गरेको छ । बादलले प्रचण्डसँग वरिष्ठ उपाध्यक्षसहित चौथो वरियता माग गरेका थिए । पूर्व प्रधानमन्त्री… पुरा पढौ

सरकार गठन गर्ने विकल्प भएसम्म प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुने जनाएका छन् । बुधबार विज्ञप्ति निकालेर सापकोटाले पछिल्लो अवस्थाबारे धारणा सार्वजनिक गरेका हुन् । उनले संविधान निर्माण गर्ने क्रममा स्थिरताका लागि प्रतिनिधिसभा विघटन नगर्ने व्यवस्था राखिएको सम्झना गरेका छन् । सापकोटाले प्रतिनिधिसभा विघटनले मर्माहत बनाएको उल्लेख गर्दै भनेका छन्, ‘नेपालको संविधानको धारा ९३ ९१० बमोजिम यहीँ २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा… पुरा पढौ

सरकार फेर्न खोजे प्रदेशसभा पनि विघटन गर्ने प्रधानमन्त्रीको संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा चलखेल हुन थाले अझै कडा कदम चाल्ने चेतावनी दिएका छन् । संविधान अनुसार अहिले राष्ट्रपतिले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भने देखिँदैन । बुधबार योहो टिभीको ‘सत्य संवाद’मा उनले प्रदेशसभाहरु पनि विघटन गर्न सक्ने संकेत गरेका हुन् । अहिले ६ प्रदेशमा नेकपाको सरकार रहेकोमा ४ प्रदेशमा ओली निकट मुख्यमन्त्री छन् । सबै प्रदेशमा ओली निकट सरकार धरापमा परेका छन् । प्रधानमन्त्रीले अहिले प्रदेश र स्थानीय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं