कसलाई कसरी चिन्ने ?

अब ओलीलाई चिनाइरहनु पर्ने भएन । संसारभर भएका प्रतिक्रियावादी फासिवादी तानाशाहका नेपाली प्रतिनिधिका रूपमा स्थापित भैसके । गणतन्त्र, धर्मनिर्पेक्षता उनको एजेण्डामा नै थिएनन् । अब पनि यदि आफुलाई अब्ठ्यारो प-यो भने संबैधानिक राजतन्त्र र हिन्दुराज्यको नारामा नजालान् भन्न सकिँदैन । उनले देशलाई पाश्चागमनमा लैजाने कुरामा जुनसुकै कदम चाल्न सक्छन् ।

अर्का राजनीतिक खेलाडी प्रचण्डले नयाँ जनबादी गणतन्त्रका लागि जनयुध्दको नेतृत्व गरे । अहिले देखिने गरि दलालपुँजीवादको एक नम्वर एजेण्ड बनेका छन् । इतिहाँसमा के पाइन्छ भने लाखौमा एक दुई जनाले मात्र सुरूदेखि अन्तसम्म जनताका बारेमा एउटै उद्देस्य बनाएर गएको देखिन्छ ।धेरैले आफ्नो नेतृत्वमा लाखौ जनताको बलिदानी गराएर बिचमा बाटो बदलने गरेका छन् । विश्व इतिहाँसमा सबभन्दा पहिला स्वतन्त्रताका लागि भएका क्रान्ति मध्ये फ्रान्सको राज्य क्रान्तिलाई प्रमुख मानिन्छ । यस क्रान्तिका नाएकहरूमा मिरावो, ला फायेत,रोबसपियर, मरात , ब्रिस्सो , दाँते अादि मूख्य नेताहरू थिए ।

सबभन्दा प्रतिभाशाली संसदीए बक्ता बिराबो सबभन्दा पहिला राजका समर्थक बने । राष्ट्रिय गार्डको नाएक बनेका ला फायेतले पछि जनआन्दोलनमा राजाको तर्फबाट जनतालाई गोलिले भुटे । क्रान्तिको नेतृत्व गर्ने जैकोबिन क्लबमा फुट भएर प्रतिक्रियावादी अर्को क्लब फएआं बन्यो जुन ला फायेतकै वरिपरि रह्यो ।ब्रिस्सोको जिरोद नामाको अर्को क्लब बन्यो । दाँत रोबसपियरहरूले राजतन्त्रको अन्त गरे पछि जिरोद क्लब र फएआं क्लब ब्रिस्सो, ला फायेत मरात आदिसंगको लडाईंमा लाखौको ज्यान गयो, डर र त्रासको शासन चलाएर भए पनि दाँते रोबसपिएरहरूले जनताको राज्य स्थापपत गर्न सफल भएका थिए । पछि सबै जनबिरोधि क्लब समुहहरू मिलि दाँतेलाई एक महिलाले झुक्काएर छुरा प्रहारगरि हत्या गरि रोबसपिएरलाई मृत्युडण्ड नै दिए । यसरी फ्रान्स राज्यक्रान्तिको अन्त भयो र फ्रान्स फेरि राजतन्त्रमा गएको थियो ।

नेपालमा जनवादी गणतन्त्रका लागि सत्तरी बर्ष भन्दा पहिला नेकपा गठन भएको थियो । त्यस समयमा सत्तामा राणा थिए ।

नेपालमा जनवादी गणतन्त्रका लागि सत्तरी बर्ष भन्दा पहिला नेकपा गठन भएको थियो । त्यस समयमा सत्तामा राणा थिए । दलालपुँजीवादी पार्टी काङ्ग्रेसको स्थापना यश अघि नै भै सकेको थियो । राजा अधिकार बिहिन थिए । काङ्ग्रेस राजावादी भएकाले राजाले शक्ति आर्जन गर्न सके । यदि त्यस समयमा काङ्ग्रेस गणतन्त्रवादी भैदिएको भए गणतन्त्र २००७ सात सालमै आइसक्ने थियो । करिब साठी बर्षको काल नेपाल कम्युनिष्ट पार्टीले नयाँ जनवादी गणतन्त्र स्थापना गर्न राजा र काङ्ग्रेससंग लडि रहनु प-यो ।

शिर्ष स्थानमा रहेर नयाँ जनवादी गणतन्त्रलाई सही नेतृत्व दिनेमा पुष्पलाल, सी. पी.मैनाली भक्तबहादुर श्रेष्ठ, मोहन बैध्य पुष्पकमल दाहाल र नेत्र बिक्रम चन्द आदि मात्र देखिन्छन् । पुष्पलाल पहिले नै संशोधनवादीका घेरामा परे । उनले घेरा तोड्न कोसिस गर्दा गर्दै उनको मृत्यु भयो । सी.पी. मैनाली संशोधनवादीका घेरामा परे घेरा तोड्ने कोसिस गर्नुको सट्टा आफै त्यसैमा बिलय भए । भक्तबहादुर श्रेष्ठ लामो समय नेतृत्व गर्नै पाएनन् , उनको कान्तिप्रति आस्था सधा रहि रह्यो र अहिले मृत्यु भैसकेको छ । नेपाली कम्युनिष्ट आन्दोलनमा प्रचण्डको उदय मोहन बैध्यको सदायताले एक्कासी भएको थियो ।

क्रान्तिमा अटल बिश्वस भएका तर एक्शनमा आफै जान हिच्किचाउने बैध्यले आफू अर्जुन भएर प्रचण्डलाई सिखण्डिका रूपमा प्रयोग गरि क्रान्ति सम्पन्न गर्ने गलत बाटो लिए । प्रचण्डमा भएको प्रतिभा देखे तर उनमा भएको अबसरवादलाई नजरअन्दाज गरे । जनयुध्द काल भर दक्षिणपन्थको नेतृत्व बाबुरामले गरे बामपन्थको सैध्दान्तिक नेतृत्व मोहन बैध्यले गरे । प्राबिधिक रूपमा क्रान्तिको नेतृत्व प्रचण्डले गरे । जनयुध्दको यथार्थ यही हो । शक्ति आर्जन नहुदा सम्म प्रचण्ड बैध्यका सिध्दान्तमा हिडिरहे । संसदीय फाँटमा अवतरण गरेमा सत्तामा जान सकिने देखे पछि बैध्यलाई पाखा लगाएर बाबुरामलाई काखि च्यापे ।

क्रान्तिमा अटल बिश्वस भएका तर एक्शनमा आफै जान हिच्किचाउने बैध्यले आफू अर्जुन भएर प्रचण्डलाई सिखण्डिका रूपमा प्रयोग गरि क्रान्ति सम्पन्न गर्ने गलत बाटो लिए ।

जेहोस् जनयुध्दलाई जनआन्दोलनमा परिणत गर्दा राजतन्त्रको अन्त भयो तर गणतन्त्रको बिरोधि दलालपुँजीवादी पार्टीहरू नेपाली काङ्गेस र नेकपा एमाले उनका उनका मीत्र शक्ति भए । माओको सिध्दान्त अनुसार क्रान्तिलाई निरन्तर अघि बढाएर नयाँजनवाद बैज्ञानिक समाजवादमा जानू पर्छ भन्ने सहयोध्दा कमरेडहरू शत्रुमा परिणत भए । प्रचण्डको दलाल पुँजीवादमा पतन भए पछि क्रान्तिकारी कम्युनिष्ट बाहेक सबै मीत्र शक्ति बने त्यसैको परिमाण नै स्थानीय चुनावमा काङ्ग्रेससंग चुनाव साझेदारी हुन पुग्यो । काङ्ग्रेसको साझेदारीले सत्ताको बाटो त्यति सजिलो नदेखेकाले एमालेसंग पार्टी नै बिलिन गराएका थिए । एमालेसंग पार्टी एकता गर्न कुनै सैध्दान्तिक बहस भएको थिएन । माओवादी केन्द्र वा एमालेका अन्य नेतालाई कसरी पार्टी एकता भयो के के समजदारी भएको छ त्यो पनि थाहा भएन ।

मिलेर चुनाव दड्ने ओली र प्रचण्डले आधा आधा काल प्रधान मन्त्री चलाउने एक मात्र समजदारी रहेछ । पहिलो काल ओलीको भएकाले ओली प्रधान मन्त्री भए । ओली प्रचण्डको मिलति नङ्गमासुको भयो । यी दुई जनाले माधव नेपाल झलनाथ खनाल बामदेब गौतम सबैको हुर्मत लिए । जब ओलीको कार्यकाल सकिन लाग्यो उनले प्रधान मन्त्री छाड्ने छाँट देखाएनन् त्यस पछिको रडाकोले अहिले पार्टी नै दुई चिरा भएको छ । क्रान्तिकारी बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्द नै लगाउने काममा प्रचण्डको ठूलो हात छ । बैध्यले मोर्चा गठन गरि निर्वाचन कार्यालयमा दर्ता गराएकाले मात्र प्रतिबन्धबाट बचेका छन् ।

नयाँ जनवाद बैज्ञानिक समाजवादका लागि जीबीत रूपमा लडिरहेका नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी माओवादी लगायतका पार्टी बिच ध्रुबिकरण हुन आवस्यक छ । अबको बिकल्प ओली प्रचण्ड हुन सक्दैनन्

प्रचण्ड पनि सर्वसत्तावादी हुन् । अब फेरि झलनाथ र माधबका बिचमा खेलेर दुई मध्ये एकलाई छिट्टै पाखा पार्नेछन् । अब पनि भागबण्डाको राजनीति यथावत रहने छ । भर्खरै महासचिवमै लफडा पर्ने देखिन्छ । चुनाव भए पनि यिनै फेरि आउने हुन् नभए छद‌ैछन् । मूख्य कुरा संसदीय ब्यवस्था नै असफल भयो । यसको स्थानमा बैज्ञानिक समाजवाद मात्र एक बिकल्प हो । नयाँ जनवाद बैज्ञानिक समाजवादका लागि जीबीत रूपमा लडिरहेका नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी माओवादी लगायतका पार्टी बिच ध्रुबिकरण हुन आवस्यक छ । अबको बिकल्प ओली प्रचण्ड हुन सक्दैनन् यिनीहरू मिराबो ला फायेतमा परिणत भै सके । अबको बिकल्प बैध्य चन्द मात्र हुन सक्छन् ।