Author Archive

ठाडोभाका दोहोरी संरक्षण गर्दै नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठान

दुरा जातिमा प्रचलित दुर्लभ ठाडोभाका दोहोरी गीत संरक्षण गर्ने प्रयास अघि बढेको छ । नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र ठाडोभाका लोककला प्रतिष्ठान लमजुङको सहआयोजनामा लमजुङको राइनासमा गीतको छायांकन भएको हो । गीतको म्युजिक भिडियोमा लमजुङका विभिन्न भेग र तनहँुको बन्दीपुरबाट पनि कलाकार सहभागी छन् । ८६ वर्षकी नन्दमाया दुरादेखि २१ वर्षका नवीन बरालसम्मका ठाडोभाका गाउने कलाकार एकै साथ देखिँदै छन् । लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा… पुरा पढौ

बन्जी केही महिनामा, टावरमा क्लाइम्बिङ सुरु

पोखरामा नयाँ एड्भेन्चर थपिएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७ रातोपैरामा बन्जीका लागि बनाएको टावरमा नेपालमै पहिलो पल्ट टावर क्लाइम्बिङ सुरु गरिएको छ । ३५ मिटर अग्लो क्यान्टिलिभर टावरमा चढ्दा थकाइ लागे बीचमा रोकिएर आराम गर्दै पनि जान सकिन्छ । एड्भेन्चर भएकाले पूर्ण सुरक्षा सावधानीमा संरचना तयार गरिएको र सोही अनुसार सञ्चालन गरिने कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले बताए । टावर क्लाइम्बिङ गर्न १ जनाको हजार रुपैयाँ तोकिएको छ… पुरा पढौ

मंगलबार पोखरामा नेपाल–प्रचण्ड समूहको प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधव नेपाल–प्रचण्ड समूहले मंगलबार पोखरामा प्रदर्शन गर्ने भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको संस्थापन पक्षले मंगलबार पोखरामा प्रदर्शन गर्न लागेको हो । नेकपा कास्कीको अगुवाइमा हुने प्रदर्शन चिप्लेढुंगाको मानव अधिकारचोकबाट सुरु भई महेन्द्रपुल, नयाबजार हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए । सभालाई नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य तथा गण्डकी… पुरा पढौ

चुनावका लागि आयोगकै खर्च ८ अर्बभन्दा बढी

आगामी वैशाख १७ र २७ मा दुई चरणमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आठ अर्बभन्दा बढी रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचनको घोषणा गरेसँगै निर्वाचन आयोगका विभिन्न महाशाखा र शाखाहरू निर्वाचनको तयारीमा जुट्ने क्रममा निर्वाचनका लागि चाहिने बजेटको आकलन गरिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भन्दा यस निर्वाचनमा अझ बढी खर्च हुने अवस्था रहेको बताए । तीन… पुरा पढौ

गीत

हेर्दाहेर्दै भुइँका मान्छे पुगे धेरै माथिआफूमाथि गए, देश तलै छोडे साथी कसैसँग प्राण मागे, कसैसँग रगतआसनसँग साटी खाए बलिदानी फगतचिच्च्याउँ झै लाग्छ मलाई पिटी आफ्नै छाती गरिबको दिन फिर्छ भन्थे कहाँ फिर्यो खोई ?किसान, मजदुर बाँचेका छन् अझै रोई रोईन बिहान घाम उदायो, न चन्द्रमा राति । पुरा पढौ

पृथ्वीसुब्बाको सरकार संकटमा, राजमोले ओलीको प्रतिरोध गर्नेलाई सघाउने

नेकपा गण्डकी प्रदेश सरकार संकटमा परेको छ । ६० सदस्यीय प्रदेशसभामा दुई तिहाई अर्थात् ४० सिट रहेको नेकपाका २७ संसद मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा देखिएका छन् । ओली पक्षीय गुरुङका लागि सरकार टिकाउन कमसेकम ४ थप संसदको समर्थन चाहिन्छ । ओली नेकपालाई जनता समाजवादी पार्टीका २ सांसदले पुग्दैन । अर्काेतिर जसपा ओली विरुद्ध आन्दोलनमा भएकाले उसले समर्थन गर्ने सम्भावना निकै कम छ । विपक्षी कांग्रेसको समर्थन नपाए वा प्रचण्ड माधवका… पुरा पढौ

देशभक्तको छेस्का संग्रह लोकार्पण

कवि देशभक्तसिंह कुँवरको छेस्का संग्रह ‘सुहाना’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । कृति लोकार्पण गर्दै प्राडा कुसुमाकर न्यौपानेले नेपाली साहित्यको श्रीवृद्धिमा ‘सुहाना’ थपिएको बताए । उनले स्रष्टा कुँवरले साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकोमा खुसी व्यक्त गर्दै अझ प्रगतिको कामना गरे । पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख समेत रहेका न्यौपानेले नेपाली विभागको पुस्तक संकलन अभियानले साहित्यकार र समीक्षक जोड्नसमेत सहयोग गरेको भन्दै सहयोगको अपील गरे । कृति समीक्षा गर्दै नेपाल… पुरा पढौ

प्रगतिशील लेखक, साहित्यकारले भनेः ओलीले जनताको विश्वासमाथि खेलवाड गरे

पोखरामा प्रगतिशील कवि-लेखक, साहित्यकार तथा कलाकारहरू संसद् विघटनको विरुद्धमा उभिएका छन्। एक विज्ञप्ति जारी गरेर उनीहरूले संसद् विघटन गरिएको घटनाले अत्यन्त चिन्तित बनाएको बताएका छन्। संसद् विघटन गर्ने सरकारको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको उनीहरूले बताएका छन्। दुई तिहाइ मत प्राप्त गरेको सरकारले संसद् विघटन गरेर नेपाली जनताको आशा र विश्वासमाथि गम्भीर आघात पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ। कोरोना महामारीले आक्रान्त भएर उपचारसमेत नपाई नागरिकहरूले अकालमै ज्यान गुमाउनु परिरहेको अवस्थामा मध्यावधि… पुरा पढौ

ओली पक्षमा जाने सबै पूर्वमाओवादी नेता मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रिपरिषद्मा आफूलाई साथ दिने ५ पूर्वमाओवादी नेतालाई मन्त्री बनाएका छन् । सत्तारुढ नेकपा विभाजनपछि ओलीलाई साथ दिने रामबहादुर थापा पहिले नै गृहमन्त्री थिए । उनी यथावत छन् । मन्त्रिपरिषद्मा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा खानेपानी, प्रभु साह सहरी विकास, गौरीशंकर चौधरी श्रम र दावा लामा खेलकुद मन्त्री बनेका छन् । रायमाझी र साह कुनै बेला बाबुराम भट्टराई… पुरा पढौ

संसद अधिवेशन पुस १७ गतेबाट

प्रतिनिधिसभा भंग गरेको सरकारले संसद अधिवेशन बोलाउन लागेको छ । अब राष्ट्रिय सभाको बैठक पुस १७ गते बस्नेछ । मन्त्रिपरिषदको शुक्रवारको बैठकले यस्तो सिफारिस गरेको हो । संविधान अनुसार ६ महिनाको बीचमा संसदको अधिवेशन बोलाउनुपर्छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं