पृथ्वीसुब्बाको सरकार संकटमा, राजमोले ओलीको प्रतिरोध गर्नेलाई सघाउने

नेकपा गण्डकी प्रदेश सरकार संकटमा परेको छ । ६० सदस्यीय प्रदेशसभामा दुई तिहाई अर्थात् ४० सिट रहेको नेकपाका २७ संसद मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा देखिएका छन् ।

ओली पक्षीय गुरुङका लागि सरकार टिकाउन कमसेकम ४ थप संसदको समर्थन चाहिन्छ । ओली नेकपालाई जनता समाजवादी पार्टीका २ सांसदले पुग्दैन । अर्काेतिर जसपा ओली विरुद्ध आन्दोलनमा भएकाले उसले समर्थन गर्ने सम्भावना निकै कम छ । विपक्षी कांग्रेसको समर्थन नपाए वा प्रचण्ड माधवका संसद तान्न नसके सरकार ढल्ने पक्का भएको छ ।

सरकारलाई समर्थन गरेको राजपाका यहाँ ३ सांसद छन् । राजमोका अध्यक्ष चित्रबहादुर केसीले शनिबार वक्तव्यमार्फत ओली समर्थकविरुद्ध अगाडि आउने पक्षलाई आफ्नो समर्थन रहने जनाएका छन् ।

वक्तव्यमा भनिएको छ, ुयदि नेकपाको विभाजनका कारणले प्रदेश सरकारहरुमा पनि विवादको स्थिति उत्पन्न भयो भने त्यसबारे हाम्रो नीति यो हुनेछ ः हामीले ओली सरकारको असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी नीतिको समर्थन गर्ने पक्षलाई समर्थन गर्ने छैनौँ र त्यस प्रकारको कारबाहीको विरुद्ध अगाडि आउने पक्षलाई नै हामीले आफ्नो समर्थन दिनेछौँ ।ु

राजावादीहरुलाई छोडेर ओली सरकारद्वारा संसदको विघटनको विपक्षमा आउने सबै राजनीतिक शक्तिहरु, संघ, सस्था वा नागरीक समाज आदिसित संयुक्त भएर संघर्षमा जाने वा त्यस प्रकारको औपचारिक कार्यगत एकता वा सहकार्य हुन नसके पनि उनीहरुको आन्दोलनसित कोर्डिनेसन गर्ने तथा ती आन्दोलनहरुलाई समर्थन गर्ने आफ्नो नीति रहेको राजमोले जनाएको छ ।

गण्डकीमा कांग्रेसका १५ सांसद र नेपाल प्रचण्ड पक्षका १३ सांसद छन् । नेपाल प्रचण्ड पक्षलाई अविश्वासको प्रस्ताव दर्ता गर्न एक तिहाई सदस्य पु¥याउन अरु पार्टीका २ सभासदको समर्थन जरुरी हुन्छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।