Author Archive

कांग्रेसबाट निर्वाचित उपमेयर एमाले प्रवेश

बर्दियाको गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरी बिहीबार एमालेमा प्रवेश गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गुलरियामा आयोजित आमसभामा उनलाई पार्टीमा प्रवेश ्गराए । गिरी कांग्रेसकी महिला संघकी पूर्वसभापति र गुलरिया नगरपालिकाबाट निर्वाचित उपप्रमुख हुन् । कांग्रेसबाट गुलरिया ६ बाट निर्वाचित वडाध्यक्ष निरज शर्मा पनि एमालेमा प्रवेश गरेका छन् । समाजवादी, माओवादीलगायत पार्टीबाट करिब २ हजार कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेले दाबी गरेको छ। पुरा पढौ

माछापुच्छ्रे १ र २ मा माओवादीको सम्पर्क कार्यालय

नेकपा माओवादी केन्द्रले माछापुच्छ्रे गाउँ समिति वडा नम्बर १ र २ मा सम्पर्क कार्यालय खोलेको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले कार्यालय उद्घाटन गरे । कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धि रक्षाका निम्ति पुनः गठबन्धन आवश्यक भएको बताए । मन्त्री बरालले उपलब्धिहरु अझै पनि सुरक्षित हुने ग्यारेन्टी नभएकाले गठबन्धन आवश्यक भएको बताए । लामो समयको सघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा एउटा समूह खारेज गर्ने दिशातर्फ उन्मुख… पुरा पढौ

अस्ति माओवादी, हिजो एमाले, आज फेरि माओवादी !!

pittta dallakoti
पार्टी छाडेको १५ वर्षपछि एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी फेरि माओवादीमै फर्किएका छन् । नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै उनी माओवादीमै फर्किएका हुन् । डल्लाकोटी सोमबार नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर एमालेमा प्रवेश गरेका थिए । माओवादी केन्द्र वाग्मती प्रदेश कमिटी सदस्यसमेत रहेका उनीमाओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष चुनिएका थिए । पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस… पुरा पढौ

गण्डकीमा साझा उम्मेदवार खोज्दै सत्ता गठबन्धन

सत्ता गठबन्धनमा संलग्न गण्डकीका राजनीतिक दलले र गठबन्धनलाई वडा तहसम्म प्रभावकारी रुपमा लैजाने निर्णय गरेका छन् । मंगलबार बसेको गठबन्धनको बैठकले पाँच दलीय सहमति अनुरुप दलीय आधारमा योग्य उम्मेदवारको चयन गर्ने निर्णय गरेको हो । सो निर्णयलाई वडासम्म नै कार्यान्वयन गर्ने पक्षमा बैठकमा सहभागी नेताहरु एक भएको कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले बताए । गठबन्धनका पार्टीको तर्फबाट उम्मेदवारी दिँदा पाँचै दलबाट सहजरुपमा स्वीकार हुने किसिमका उमेदवार छनोट गर्नुपर्नेमा जोड दिइयो… पुरा पढौ

फेरि बढ्यो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५… पुरा पढौ

भुवन केसी मेयरमा उठ्ने

आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् । उनी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्न लागेका हुन् । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ । यसअघि केसी राप्रपा प्रवेश गर्न लागेको चर्चा चलेको थियो ।उक्त पार्टीको तर्फबाट रेश्मा लामालाई काठमाडौं… पुरा पढौ

सांसद मीना गुरुङको तलब, भत्ता सामाजिक काममा

गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले आम जनप्रतिनिधिभन्दा फरक तवरले काम गरेकी छन् । नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी उनले आफूले पाएको तलब, भत्ता सामाजिक काममा खर्चेकी छन् । प्रदेश सांसद गुरुङले आफू सांसद भएर आएपछिको पछिल्लो ४ वर्षमा करिब ११ लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको सार्वजनिक गरिन् । ‘मैले मेरो तलब, भत्ता सामाजिक कार्यमा खर्च गरेकी छु,’ उनले भनिन् । उनले संस्कार, संस्कृति संरक्षण, महिला, बालबालिका, बेटी बचाऔं… पुरा पढौ

अडान कास्कीमा कमलको नेतृत्वमा नयाँ समिति

नेपाल अडिटर्स एसोसिएसन (अडान) कास्कीको अध्यक्षमा कमलबहादुर रेग्मी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको छैटौं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चुनेको हो । समितिको उपाध्यक्षमा केशवराज ढकाल, सचिवमा गुणानिधि पाण्डे, सहसचिवमा कृष्णप्रसाद ढुंगाना र कोषाध्यक्षमा मधुमान कतिला निर्वाचित भए । सदस्यमा नारायणप्रसाद द्वा, अर्जुनप्रसाद पौडेल, तेजेन्द्र खनाल, झलकनाथ पौडेल, गोपाल तिमिल्सिना, अमरबहादुर थापा, भगवान अधिकारी, लीलबहादुर थापा निर्वाचित भएका छन् । कार्यक्रममा अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले संस्थालाई अग्रगतिमा लैजानका… पुरा पढौ

कथा: आँखा जुधेपछि

पारी पोखरा दीप । वारी भलाम खरबारी डिल । बीचमा भखर्र बनेको पुल । ‘सायद यति लामो झोलुङ्गे पुल नेपालमा कमै होलान्,’ बाटो हिँड्ने, घुम्न आउनेहरु तर्क गर्छन् ।   सुरु सरुमा कति बुढा बुढी त कहाली लागेर पुल तर्न डराउँथे  । यतिसम्म कि पुरानै बाटो हिँड्न रुचाउँथे । पुरानो बाटो जाँदा तेस्रो ओरालो र ठाडो उकालो हिँड्न पथ्र्याे काँली खोला तर्न पर्दथ्यो  । कस्सिएर हिँड्न सक्ने नौजवानलाई पनि ठयाम्मै… पुरा पढौ

कवितामा पोखरा: अलिकति काठमाडौं, सहरी विकास र पोखरा

मैले बि. सं. २०३४ सालमा पोखरालाई चिनेको हुँ र पोखरा मलाई आफन्त लाग्छ । म विहान उठेर माछापुच्छे«लाई हेर्थे र लाग्थ्यो विश्वकै सुन्दर सक्कले ढाकाको टोपी पहिरेको छु मैले आफ्नो शिरमा, अनि खुशीले छचल्किन्थे म। रातो लालीले लिपिएको, बैंस चढ्दै गरेको आफ्नो घोर्ले अनुहार हेर्न खोज्थें, फेवातालमा। जहाँ म स्निग्ध, जाज्वल्यमान र अग्लो माछापुच्छे«को प्रतिविम्ब देख्थें र आफ्नो अनुहार हेर्नै विर्सिन्थें– लाग्थ्यो माछापुच्छ्रे नै मै हुँ अर्थात् म नै पोखरा।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं