भुवन केसी मेयरमा उठ्ने

आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् । उनी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बन्न लागेका हुन् ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ ।

यसअघि केसी राप्रपा प्रवेश गर्न लागेको चर्चा चलेको थियो ।
उक्त पार्टीको तर्फबाट रेश्मा लामालाई काठमाडौं महानगरपालिकाको उपमेयर पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।