नेपाल अडिटर्स एसोसिएसन (अडान) कास्कीको अध्यक्षमा कमलबहादुर रेग्मी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको छैटौं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चुनेको हो ।
समितिको उपाध्यक्षमा केशवराज ढकाल, सचिवमा गुणानिधि पाण्डे, सहसचिवमा कृष्णप्रसाद ढुंगाना र कोषाध्यक्षमा मधुमान कतिला निर्वाचित भए । सदस्यमा नारायणप्रसाद द्वा, अर्जुनप्रसाद पौडेल, तेजेन्द्र खनाल, झलकनाथ पौडेल, गोपाल तिमिल्सिना, अमरबहादुर थापा, भगवान अधिकारी, लीलबहादुर थापा निर्वाचित भएका छन् ।
कार्यक्रममा अडानका केन्द्रीय अध्यक्ष मोहनराज रेग्मीले संस्थालाई अग्रगतिमा लैजानका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । केन्द्रीय पार्षद तथा अडान गण्डकी अध्यक्ष केशबहादुर केसीले जिल्ला र प्रदेश सँगसँगै अघि बढ्नुपर्ने बताए । नयाँ नेतृत्व चयनका लागि केन्द्रीय वरिष्ठ उपाध्यक्ष केदारनाथ पौडेलको संयोजकत्वमा चन्द्रबहादुर थापा र चन्द्रबहादुर सुवेदी सदस्य रहेको निर्वाचन समितिले सहजीकरण गरेको थियो ।
अडान कास्की अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमममा केन्द्रीय सल्लाहकार सूर्यप्रसाद अधिकारी, केन्द्रीय सचिव बिलबहादुर भुजेल, केन्द्रीय सदस्यहरु लीला भट्टराई र चन्द्र थापा, पूर्व केन्द्रीय सदस्य शिवराज बराल, अडान कास्की सचिव विष्णु बराल लगायतले बोलेका थिए ।






