Author Archive

पोखराका १२ वडामा अटेरी उम्मेदवार

अटेरी उम्मेदवारको संख्या दिनानुदिन थपिदै छ । स्थानीय तहलाई दल रहित बनाउने उद्देश्य बोकेर पोखराबाट सुरु भएको अटेरी अभियानमा उम्मेदवारी दिनेको संख्या बढ्दै गएको हो । हालसम्म देशभर १ सय ५० जनाले आउदो स्थानीय तहबाट उम्मेदवारी घोषणा गरि सकेका छन् । पोखराबाट मात्रै १२ वडामा अटेरी उम्मेदवारी घोषणा भएको छ । ‘तपाईंहरुलाई थाहै छ, अहिले अटेरी अभियानमा सामेल हुनेको संख्या दिनहुँ बढी रहेको छ । देशभर डेढ सय बढीको उम्मेदवारी… पुरा पढौ

रोशनको लाहुर जाने मायालु सार्वजनिक

गायक रोशन थापामगरको पहिलो गीत झलाहुर जाने मायालुञ सार्वजनिक भएको छ । गायक थापा मगरकै शब्द र संगीत रहेको गीतको म्युजिक भिडियो पोखरामा बुधबार विमोचन गरिएको हो । युट्युब च्यानल दुस्ख बिसाउने चौतारीमा उक्त गीत हेर्न सकिन्छ । गीतमा देउराली ब्यान्डका तेज केसीले संगीत संयोजन गरेका छन् । लाहुरेको पीडा समेटिएको गीतको भिडियोलाई सनबहादुर गुरुङ र हेलेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका हुन् । गीतमा गायक थापामगर र कल्पना राना मुख्य… पुरा पढौ

जिफन्ट पोखरा महानगरमा नयाँ नेतृत्व

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) पोखरा महानगरपालिकाको शनिबार भएको प्रथम अधिवेशनले सूर्यप्रसाद उपाध्यायको नेतृत्वमा नयाँ कमिटी चुनेको छ । सर्वसम्मत भएको १८ सदस्यीय महानगर कमिटी उपाध्यक्षमा रामकृष्ण तिमिल्सिना, सचिव भेषराज अधिकारी र सहसचिव मधु तिमिल्सिना छन् । कार्यसमिति सदस्यमा दिप्चल बराल, सूर्यराज रञ्जित, दुर्गा केसी, ध्रुव छत्कुली, दुर्गा भुजेल, निरोज केसी, गममाया तिलिजा, कल्पना आचार्य, पवित्रा लामिछाने, विष्णु गिरी, चन्द्र तामाङ, रामबहादुर थापा, विजय पतानी र जीवन बराम छन् ।… पुरा पढौ

पोखरा ३१ मा ३ तले वडा भवन बन्दै

आफनै प्रशासनिक भवन नहुँदा भाडामा वस्दै आएको पोखरा महानगरपालिका वडा नं ३१ ले आगामी १५ महिना भित्र आफनै प्रशासनिक भवन पाउने भएको छ । साविक लेखनाथको बेगनासताल नजिक मत्स्य अनुसन्धान केन्द्रको मातहतमा रहेको करिव आठ रोपनी मध्य बन विभाग र सिंचाईको सिफारीसमा मन्त्रीपषिदको निर्णयवाट तीन रोपनी क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण हुने भएको हो । भवनको शुक्रवार पुर्व गृहमन्त्री तथा संघिय सासंद खगराज अधिकारीले शिलान्यास गर्दै विकास निर्माणका काम भने… पुरा पढौ

महिला हिंसाबारे अन्नपूर्ण गाउँपालिकामा सचेतना

मानव अधिकारका लागि महिला एकल महिला समूह कास्कीले बुधबार महिला हिंसाबारे सचेतना आयोजना ग¥यो । कास्कीको अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा भएको कार्यक्रममा महिलाहरु सक्षम बन्दै आफ्नो हक माग्नुपर्नेमा जोड दिइयो । अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले महिला बिना घर, परिवार सम्भवन नहुने उल्लेख गर्दै आफ्नै परिवारका सदस्यलाई अधिकार, अवसर दिन कन्जुस्याइँ गर्न नहुने उल्लेख गरे । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले आफ्नो कर्तव्य पूरा गरी अधिकार खोज्न खुट्टा कमाउनु नहुनेमा जोड दिइन्… पुरा पढौ

कविता: नारी दिवसको भोलिपल्टदेखि

अब !बिस्तारै चिसिन थाल्नेछन्हिजो माइकमा फुकिएकाआगो जस्तै शब्दका झिल्काहरूअनि कामिरहने छन्ठिहीलेएकझुन्ड नाराका पोकाहरूसमानताकाअधिकारकानारीका चर्का आवाजहरूपुरुषकास्वीकारोक्तिहरूआँउदो वर्षसम्म काकाकुलको तिर्खा जसरीतिर्खाएका मुद्दाहरूतार्किक ज्वालालेखरानी बनेरउडने छन्फेरि एकपल्टधेरैपल्टपुन: पुन: दोहोरिनेछएउटै इतिहासआँउदो वर्षसम्म फेरि,बिस्तारै बिस्तारैकटमिरो व्यवहार र अपरिमित खल्लोपनमाछछल्किने छन्अस्तिर मुटुका छ्टपटाहटसधैँभरि आधा लेखिएको पुरानो दस्तावेजमानिसङ्कोच नाच्ने छन्शब्दहरूत्यही पुरानो लयमाखोक्रो ढोलकोबेसुरा तालमा नियन्त्रणहीन छ यहाँ दुशासनहरूको शक्ति त्यही भएरएक वर्षपछिफेरि एकपल्टछट्पटाउने छ त्यो भीडसापको काटिएको पुच्छरएकछिनसम्म छट्पटाएझैँ फेरिआलो दुखाइ दुख्नेछझनभन्दा झन चिसिने छ्न् सुस्केराहरूसारा संसारका… पुरा पढौ

तनहुँमा ड्राइभिङ स्कुलको जिल्ला शाखा, अध्यक्षमा नवराज

तनहुँ जिल्लाका विभिन्न स्थानमा रहेका ड्राइभिङ स्कुल व्यवसायी संगठित भएका छन् । तनहुँका ड्राइभिङ स्कुल व्यवसायीको शनिबार भएको भेलाले नवराज तिवारीको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति चुनेको छ । ड्राइभिङ स्कुल संघ गण्डकी अध्यक्ष वसन्त भट्टचनले व्यवसायीको सुझाव अनुसारको नयाँ कार्यसमिति भेलामा प्रस्तुत गरेका थिए । भेलाले उनको प्रस्तावलाई अनुमोदन गरेको हो । शाखा अध्यक्ष तिवारी ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेशका कोषाध्यक्षसमेत हुन् । उनले जिल्लाका व्यवसायीको सल्लाह, सुझाव, केन्द्र… पुरा पढौ

सांसद थापाले सार्वजनिक गरे ४ वर्षको प्रगति विवरण

कास्की निर्वाचन क्षेत्र नम्बर २(१) का सांसद कृष्ण थापाले पछिल्ला ४ वर्षसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् । शनिबार आयोजित कार्यक्रममा उनले प्रगति विवरण सार्वजनिक गरेका हुन् । कार्यक्रममा गण्डकीका उपसभामुख सृजना शर्माले निर्वाचन क्षेत्रमा विकास, निर्माणको गति तीव्र देखिएको बताइन् । उनले यो गतिलाई बनाएर जनताका आकांक्षा सम्बोधन गर्न आग्रह गरिन् । प्रदेशसभा सदस्य थापाले आफू निर्वाचित क्षेत्रमा गरेका गतिविधि जनताले जान्न पाउनुपर्ने बनाए । उनले अरु निर्वाचन क्षेत्रभन्दा… पुरा पढौ

महिला भन्छन्ः कानुनले दिएको पद पनि पुरुषले हडपे

आगामी स्थानीय तहको निर्वाचनमा महिलाले ५० प्रतिशत पदमा दाबी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले उपप्रमुख वा उपाध्यक्ष पदमात्र नभनी मुख्य पदमा प्रतिस्पर्धी बन्नुपर्ने धारणा राखे । नारी जागरण अभियान गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको सहकार्यमा शुक्रबार बागलुङमा आयोजना गरेको कार्यक्रमका सहभागीले महिलालाई हराउन पुरुषसमेत उम्मेदवार बन्ने गरेको आरोप लगाए । कानुनले दिएको पदमा पनि गठबन्धन वा दुई दलको फरकफरक उम्मेदवार भन्ने नाम पारेर महिला हराउने काम भएको उनीहरुले बताए ।… पुरा पढौ

पेट्रोलको मूल्य १५० रुपैयाँ, डिजेल, मट्टितेल पनि महंगियो

नेपाल आयल निगम लिमिटेडले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान ५–५ रुपैयाँ मूल्यवृद्धि गरेको हो । मूल्यवृद्धिपछि शुक्रबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५० रुपैयाँ, डिजेल र मट्टितेल समान १ सय ३३ रुपैयाँ प्रतिलिटर पुगेको छ । निरन्तर बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्यले आम उपभोक्ता भने महँगीको मारमा पर्दै आएका छन् । निगमले इन्धन खरिद गर्दै आएको इण्डियन आयल कर्पोरेसन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं