नेपाल आयल निगम लिमिटेडले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान ५–५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
मूल्यवृद्धिपछि शुक्रबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५० रुपैयाँ, डिजेल र मट्टितेल समान १ सय ३३ रुपैयाँ प्रतिलिटर पुगेको छ । निरन्तर बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्यले आम उपभोक्ता भने महँगीको मारमा पर्दै आएका छन् ।
निगमले इन्धन खरिद गर्दै आएको इण्डियन आयल कर्पोरेसन ९आइओसी० ले मंगलबार खरिद दर बढाएर पठाएको थियो । निगमका सहायक प्रवक्ता पुस्कर कार्कीका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ३।८९ रुपैयाँ, डिजेल ३।०८ रुपैयाँ, मट्टितेल १०।३० रुपैयाँ र हवाइ इन्धन ३।३२ रुपैयाँ प्रतिलिटर तथा ग्यास ९९।१७ रुपैयाँ प्रतिसिलिण्डर बढेर आएको थियो ।
सबै पेट्रोलियमको मुल्य बढेर आएपनि निगमले पेट्रोल, डिजेल र मट्टतेलको मात्र मूल्य समायोजन गरेको छ । हवाइ इन्धन र ग्यासको मूल्यस्थिर राखेको र विगतमा आइओसीबाट प्राप्त मूल्यसूचीअनुसार नेपालमा मूल्यवृद्धि नगर्दाको संचित घाटादरका कारण शुक्रबार रातीबाट लागू हुने गरी गरिएको मूल्यवद्धिबाट निगमलाई अझै घाटा नै रहेको सहायक प्रवक्ता कार्कीले दाबी गरे ।
‘सबै पेट्रोलियमको मूल्य बढेर आयो तर हामीले हवाइ इन्धन र ग्यासमा मूल्य वृद्धि गर्न सकेनौं । जसकारण आगामी १५ दिनमा हामीलाई अझै दुई अर्ब ५० करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ’ उनले भने ।
निगमले यसपटक मूल्यवृद्धि गर्दा बिद्यार्थी संगठन, उपभोक्ता अधिकारकर्मी र नागरिस अगुवालगायतको बिरोध हुने देखेर कर्मचारीले पाउँदै आएको लुगा धुने भत्ता खारेज गर्ने निर्णय गरेको छ । निगममा कार्यरत करिब चार सय ७० स्थायी कर्मचारीले प्रतिदिन १५ रुपैयाँका दरले लुगा धुने भत्ता पाउँदै आएका थिए । यो भत्ता खारेज भएको प्रवक्ता बिनितमणी उपाध्यायले बताए ।






