Author Archive

युआरएलमा नयाँ सञ्चालक समिति

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को आठौं साधारणसभाले नयाँ सञ्चालक समिति चुनेको छ । आइतबार र सोमबार भएको सभाले ठाकुरप्रसाद पन्तको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । निर्देशकमा गीता कार्की, गणेशप्रसाद कोइराला, सन्दीप अर्याल र डा वसन्तराज पंगेनी छन् । सभाले विभिन्न जिल्लामा रहेका युआरएलका शाखामा निरीक्षणका लागि जिम्मेवारीसमेत तोकेको छ । युआरएल लमजुङका लागि सालिकराम अधिकारी, युआरएल दमौलीका लागि रमेश पौडेल, युआरएल दुलेगौडाका लागि नारायण वाग्ले, युआरएल वालिकका लािग… पुरा पढौ

रम्बास कविता प्रयोगवादको फसल हो : ​बोहोरा

नेपाली वाङ्मयका सेवक मिलन बोहोरा नेपाली कवितामा नयाँ सुगन्ध थप्दै छन् । भारतको असमबाट बोहोराले रम्बास शैलीको कवितालेखन थालेका छन् । सामाजिक सञ्जाल, पत्रपत्रिका र इपत्रिका हुँदै रम्बास शैली भारत, नेपाल र विभिन्न देशमा रहेका नेपालीसम्म पुगिसकेको छ । बोहोराको पहिलो कृति रम्बास कविता सङ्ग्रह तानाबाना हो। अब पर्यायक्रममा गद्यकविता र उपन्यास प्रकाशित गर्ने उनको परिकल्पना छ। उनका कविता, लेख आदि धेरै पत्रपत्रिकामा छापिएका छन्। असम नेपाली साहित्य सभा, भारतीय… पुरा पढौ

नागरिक अभियन्ता भन्छन् : एमसिसी गलपासो हो

पोखराका नागरिक अभियन्ताले प्रस्तावित अमेरिकी सहयोग एमसिसीको विरोध जनाउँदै यसको खारेजीको माग गरेका छन् ।उनीहरुले सहयोगको घुम्टो ओढेर आएको यो गलपासो हो भन्दै अफ्गानिस्तानमा पराजित अमेरिका यसको प्रयोगमा नेपाललाई नयाँ रणक्षेत्र बनाउन उद्दत रहेको ठहर गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै एमसिसीका उच्च अधिकारीको आसन्न नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनका शीर्षनेताहरुसँग एमसिसी संसदबाट पारित गराउनुपर्ने कुरा उठाएको समाचारले आमदेशभक्त नेपाली जनतालाई त्रसित बनाएको बताएका छन् । विज्ञप्तिमा… पुरा पढौ

गीत

खुट्टा नतान है खुट्टा नतानतिम्रै हातमा धुलो लाग्छ खुट्टा नतानछुरा नहान है छुरा नहानतिम्रै हातमा रगत लाग्छ छुरा नहान अरुको पाप चिताएर आफ्नो भलो हुन्नअरुलाई सिध्याएर कोही ठूलो हुन्नमेरो बाटो छोडिदेउ लाग आफ्नो बाटोपसिनामा बाँच्न सिक आरिस गर्नु साटो म मरेर तिमीलाई फराकिलो हुन्नम बाँचेर तिमीलाई साँघुरो नि हुन्नक्षितिजको सिमा छैन उड्ने चरीलाईसिमानाले कहाँ छेक्छ हिँड्ने छोरालाई । पुरा पढौ

राहत र उद्धारमा कुनै कसर नराख्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्ला दिनमा कास्की, पर्वतसहितका जिल्लामा बाढी पहिरोले बढी क्षति पुगेकामा उद्धार र राहतमा कुनै कसर बाँकी नराखी काम गर्न जिल्ला र स्थानीय तहका विपद व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् । बाढी पहिरोले सबैतिर आक्रान्त पारेपछि प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको आकश्मिक बैठक श्ुक्रबार डाकेर उनले सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई समेत निर्देशन गरेका हुन् । विपद व्यवस्थापनको काम ३ तहकै… पुरा पढौ

कविता : बा-आमा

घरकी लक्ष्मी घरको गौरब बाउआमा नै हुन् नि हाम्राबाउआमा ले सोच्ने गर्छन आफ्ना सन्तान बनुन् राम्रागुनासो केहि नगरौ है हाम्ले बाउआमा संगहाम्लाई संसार देखाईदिए त्यहि कुरामा परौ दङ्ग।जिन्दगी त जातैं सरि घुमिरहने हो नि चक्कैकुनै दिन त बाउआमा हामीपनि बन्छौ पक्कैत्यो बेलामा सम्झन्छौ नि के रैछ त सन्तान अनिहाम्रा लागि बाआमा ले कति कष्ट सहे भनि।सन्तान ले शिखर चुम्दा उनि भन्दा खुशी हुन्छन्सन्तान लाई चोट लाग्दा उनीभन्दा पहिला रुन्छन्कमाएर ल्याउन… पुरा पढौ

दार्चुला घटनामा एसएसबीको संलग्नता

दार्चुलाको घटना छानबिन गर्न गठित समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको छ । समितिले धामीको आश्रित परिवारलाई सरकारका तर्फबाट पालन पोषण र शिक्षा दिक्षाको व्यवस्थापन गर्न सिफारिससमेत गरेको छ । २०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी… पुरा पढौ

अखिल क्रान्तिकारी पालुङटारमा सुवर्ण

अखिल क्रान्तिकारी पालुङटार नगर कमिटी अध्यक्षमा सुवर्ण देवकोटा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो सम्मेलनबाट देवकोटा सर्वसम्मत भएको अखिल क्रान्तिकारी गोरखा जिल्ला समितिका सहसंयोजक नवीन घिमिरेले जानकारी दिए । उपाध्यक्षमा सरद देवकोटा, सरोज रोका, अप्सरा खनाल, ईमेस देवकोटा र रमेस अधिकारी छन् । सचिवमा प्रतीक्षा मरहट्टा, सह सचिवमा आवेस श्रेष्ठ, राजेस सिंखडा, कोषाध्यक्षमा मिना मरहट्टा निर्वाचित भए । जिल्ला संयोजक विष्णु पाण्डेले प्रस्तुत गरेको प्यानल प्रस्तावबाट थप ७ जना… पुरा पढौ

रोल्पा पोखरा सम्पर्क समाजमा नयाँ नेतृत्व

रोल्पा पोखरा सम्पर्क समाज कास्कीले आफ्नो २४ औं साधारण सभा तथा छैठौं महाधिवेशन गरेको छ । महाधिवेशनबाट पूर्णबहादुर पुनमगरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर, सहसचिवमा रमेश विक, कोषाध्यक्षमा तीर्थराज घर्तीमगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमामेनका पुनमगर, फर्की घर्तीमगर, घनपति बुढा र पूर्णबहादुर पुनमगर चुनिएका छन् । समाजका निवर्तमान अध्यक्ष प्रसाद बुढामगरले १० कार्यकाल पछि नयाँ कार्य समितिलाई पद… पुरा पढौ

ज्ञानबहादुर चेम्बर कार्यवाहक अध्यक्ष

पोखरा चेम्बर अफ कमर्स कास्कीको कार्यसमिति बैठकले उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपालीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । चेम्बर अध्यक्ष किसान सुनार गण्डकी प्रदेश चेम्बर अध्यक्ष मनोनित भएपछि उपाध्यक्ष नेपालीलाई कार्यवाहक दिइएको हो । कार्यवाहक अध्यक्ष नेपालीले चेम्बरको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनसम्मका लागि काम गर्ने महासचिव उमराज बास्तोला जानकारी दिए । निवर्तमान अध्यक्ष सुनारले कार्यवाहक अध्यक्ष नेपालीलाई औपचारिक समारोहबीच पदभार ग्रहण गराएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं