कविता : बा-आमा

घरकी लक्ष्मी घरको गौरब बाउआमा नै हुन् नि हाम्रा
बाउआमा ले सोच्ने गर्छन आफ्ना सन्तान बनुन् राम्रा
गुनासो केहि नगरौ है हाम्ले बाउआमा संग
हाम्लाई संसार देखाईदिए त्यहि कुरामा परौ दङ्ग।
जिन्दगी त जातैं सरि घुमिरहने हो नि चक्कै
कुनै दिन त बाउआमा हामीपनि बन्छौ पक्कै
त्यो बेलामा सम्झन्छौ नि के रैछ त सन्तान अनि
हाम्रा लागि बाआमा ले कति कष्ट सहे भनि।
सन्तान ले शिखर चुम्दा उनि भन्दा खुशी हुन्छन्
सन्तान लाई चोट लाग्दा उनीभन्दा पहिला रुन्छन्
कमाएर ल्याउन पाए छोराछोरी पाल्ने आशमा
बा पुग्छन घरै छोडी टाढा टाढा परदेशमा ।
घरमा आमा लातारिन्छिन पाल्नै पर्यो छोराछोरी
आडकलेकै खर्चपर्च पुर्याउछिन नि कसैगरी
गधा ले झैँ जोतिन्छन बाउ खुशी राख्न छोराछोरी
राम्रो लाउन् मिठै खाउन् भन्ने हुञ्छ कसैगरी।
खर्च गर्न मन लागेनी नगरेरै पैसा साच्छन
सन्तान लाइ यो किन्दिउला त्यो दिउला औला भाँछन्
हाम्रा लुगा हाम्रा कलम अनि हामीले लेख्या कापी
किनी ल्याईदिन्थे बा ले दुख गरि तलब थापी ।
सन्तान कै लागि आमा तर्कुला को फर्काउछिन्
हजुर को भाग खै त भन्दा कुरो अन्तै तर्काउछिन्
सन्तान लाइ भो गराउछिन आफु मिठो खान्नन बरु
पेट भर्न लाइ घरमा जे छ नमिठो नै खान्छिन अरु ।
बाआमा ले सन्तान बाट लोभ गर्दैनन् कहिलेपनि
सदा सदा सुखी हुनु आशिष दिन्छन जहिलेपनि
श्रद्धा गरौ जिउदै छदाँ पर्दैन नि श्राद्द गर्न
कोहि सन्तानले सक्दैन नि बाआमा को ऋण तिर्न।
रहर सारा मिल्काइदिञ्छन सन्तानका खातिर मा
सोच्यो भने ईश्वर को अर्को रूप हुन् बाउआमा
बाउआमा लाइ खुशी राखौ भगवान पक्कै हुन्छन खुशी
चारैधामको फल मिल्छ हाम्लाई घरै बसीबसी।
बाउआमा लाइ रुवाएर मन्दिर धाउन पर्दैन भो
त्यस्ताको त इश्वरले नि भेटि स्वीकार गर्दैन भो
मैले ईश्वर भेटेकी छु जन्मदिने आमाबाउमा
बाउआमा लाइ पुजे पुग्छ देविदेउता पुज्ने ठाउँमा।